काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा स्कुल बस दुर्घटना हुँदा ११ जना विद्यार्थी घाइते भएको छन् । घाइते एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
Advertisement
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माका अनुसार वीरेन्द्रनगर स्थित डीभी निकेतन स्कुलको विद्यार्थी बोकेको बस वीरेन्द्रनगर नगरपालिका ८, इत्राम खोलामा चिप्लिएर दुर्घटनामा परेको थियो।
बस स्कुलबाट विद्यार्थी छाड्न घर फर्किँदै थियो। बसमा ३२ जना विद्यार्थी सवार थिए। घाइतेलाई उद्धार गरेर स्थानीय देउती अस्पतालमा पठाइएको प्रहरीको भनाइ छ।