• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नेपालमा किन बन्द भए भारतीय टीभी च्यानल ?


  •   शनिबार, साउन १९, २०८१ मा प्रकाशित
  • काठमाडौं । भारतले नेपालमा आफ्नो टेलिभिजन च्यानलहरूको प्रशारण बन्द गरेको छ ।

    Advertisement

    भारतका सोनी, जी, स्टार र कलर्स नेटवर्कसहितका झन्डै ६० वटाजति हिन्दी र अङ्ग्रेजी टेलिभिजन च्यानलहरू बिहीबार (साउन १७) देखि अवरुद्ध भएका छन् ।

    नेपाल सरकारले सटही सुविधा नदिएका कारण झन्डै एक अर्ब रुपैयाँ भुक्तानी नपाएको भारतीय पक्षको भनाई छ ।

    अघिल्लो वर्ष चैतमा सरकारले ‘आलकार्ट’ अर्थात् आफूहरूले हेर्न चाहेको च्यानलको मात्र पैसा तिर्नुपर्ने प्रणाली ल्याएको थियो।

    त्यस बेला सेवा प्रदायकहरूले धेरै उपभोक्ताबाट अग्रिम भुक्तानी लिइसकिएको भन्दै २०८० सालको कात्तिकसम्मका लागि समय मागेका थिए।

    तर त्यसपछि पनि बारम्बार समयसीमा तोक्दा समेत उक्त निर्णय लागु हुन नसकेपछि टेलिभिजन च्यानलहरू बन्द हुने समस्या आएको अधिकारीहरू बताउँछन्।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले प्रसारकहरूले उपभोगको तथ्याङ्क पेस नगरेका कारण सटहीमा सहजीकरण गर्न नसकिएको बताए।

    नेपाल केबल टेलिभिजन महासङ्घले भारतीय टेलिभिजन प्रसारकहरूले झन्डै दुई वर्षदेखि सटही सुविधाका कारण भुक्तानी नपाइरहेको भन्दै समस्या समाधान गर्ने काम सरकारको भएको बताएको छ।

    नयाँ प्रणालीप्रति आफूहरूको समस्या नभए पनि त्यो लागु भएपछि सबैतिरबाट केही ढिलाइ हुँदा समस्या भएको महासङ्घका अध्यक्ष सुधीर पराजुली बताउँछन्।

    वस्तु आयात गर्न बैंकहरूले प्रतीतपत्र (एलसी) जारी गर्छन्। त्यसको नियमन भन्सारमार्फत् हुन्छ।

    तर सेवा आयातका हकमा विदेशी मुद्रा अपचलन नहोस् भनेर सरकारले नियामक निकायबाट सरकारी सुविधाको स्वीकृति लिने व्यवस्था गरेको छ। भारतको सेवा प्रयोग हुँदा प्रसारकहरूलाई पैसा पठाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वीकृति दिनुपर्छ। उक्त मन्त्रालयले त्यस्तो प्रसारणका लागि अनुमतिपत्र जारी गर्छ।

    नेपाल केबल टेलिभिजन महासङ्घका अध्यक्ष पराजुली भन्छन्, ‘त्यो स्वीकृति नभएसम्म हामीले बैंकमा पैसा पठाउन सकिँदैन।’

    महासङ्घका अनुसार कार्यविधि नभएकाले रकम पठाउने काममा विलम्ब भएको हो।

    अहिले नेपालमा केबल टेलिभिजनको सुविधा प्रयोग गर्ने उपभोक्ताले मासिक २५० रुपैयाँ न्यूनतम शुल्क तिर्नुपर्छ। त्यसबाहेक स्टार नेटवर्कका च्यानलका लागि थप ६५ रुपैयाँ, सोनीका च्यानलका लागि थप ६२ रुपैयाँ, जी र कलर्सका च्यानलका लागि थप २५र२५ रुपैयाँ तोकिएको छ।

    यी प्रत्येक नेटवर्कमा कैयौँ च्यानलहरू हुन्छन्। माथि उल्लिखित शुल्कमा भ्याट पनि समाविष्ट छ।

    तर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता ठाकुर सेटअप बक्सका तुलनामा सेवा प्रदायकहरूबाट सही सूचना नआइरहेको बताउँछन्।

    नेपालमा अहिलेसम्म ७० लाखभन्दा धेरैवटा सेटअप बक्स आयातका लागि स्वीकृति दिइएको र त्यसको कम्तीमा आधाजसो प्रयोगमा आइसकेको हुन सक्ने सरकारी आकलन छ।

    सरकारले निस्शुल्क च्यानलहरूका लागि न्यूनतम शुल्क २५० रुपैयाँ र थप कुनै नेटवर्कका च्यानलहरूका लागि ४५ रुपैयाँ तय गरिदिएको छ।

    ‘नयाँ नियम लागु भइसक्दा समेत उहाँहरूले पुरानै तरिकाले पैसा पठाउन खोजेपछि भएको सामान्य समस्या मात्र हो,’ प्रवक्ता ठाकुरले भने।

    शनिबार, साउन १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.