धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएका छन् ।
Advertisement
२०८१ साउन १८ गते शुक्रबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै सोडारीले मार्गप्रशस्त गरेको घोषणा गरेका हुन् ।
गत असार २० मा नेकपा एमालेले समर्थन फिर्ता लिएपछि सोडारी अल्पमतमा परेका थिए । संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको एक महिनाभित्र संसद्मा बहुमत सिद्ध गरिसक्नुपर्छ ।
शुक्रबार विश्वासको मतका लागि प्रदेशसभा बैठक बोलाइएको थियो तर बहुमत जुटाउने स्पष्ट आधार नभएपछि उनले राजीनामा दिएर अर्को सरकार गठनको मार्ग प्रशस्त गरेका हुन् ।
नेपाली काङ्ग्रेस र नेकपा एमालेको मिलनले बहुमत जुटाउने स्पष्ट आधार नहुँदा पनि प्रदेश सरकारलाई बजेट होली डेमा राख्दै सोडारीले सत्ता लम्ब्याएका थिए ।