लमही (दाङ) । दाङको लमहीमा रक्तिम सांस्कृतिक अभियानको नगरस्तरीय भेला सम्पन्न भएको छ ।
रक्तिम दाङका उपाध्यक्ष बुद्धबहादुर जिसिको अध्यक्षता तथा राजमो दाङका सचिव वसन्तराज शर्मा पौडेलको प्रमुख आतिथ्यमा सो भेला सम्पन्न भएको हो ।
भेलामा अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का केन्द्रीय सदस्य गुरुप्रसाद कुमाल ‘बुलबुल’, अखिल नेपाल शिक्षक सङ्घ दाङका अध्यक्ष रुमालप्रसाद बसेल, राष्ट्रिय जनमोर्चा दाङका सल्लाहकार पदमप्रसाद गोराथोकी, अखिल नेपाल महिला सङ्घ लमही नगर समितिका अध्यक्ष वसन्ता पोख्रेललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
विष्णु बस्यालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रेमा जिसीले गर्नुभएको थियो ।
अध्यक्षमा जिसी
भेलाले ११ सदस्यीय रक्तिमको लमही नगर समिति गठन गरेको छ ।
समितिको अध्यक्षमा बुद्धबहादुर जिसी रहनुभएको छ भने उपाध्यक्षमा वसन्ता पोख्रेल, सचिवमा मिनबहादुर पौडेल र कोषाध्यक्ष प्रेमा जिसी रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा विमला सुनार, विष्णु बस्याल, कमला सापकोटा, सन्ध्या आचार्य, गोपाल खनाल र विमला आचार्य रहनुभएको छ ।
भेलाले गुरुप्रसाद कुमाल ‘बुलबुल’, निमबहादुर घर्तीमगर र लोकेन्द्र परियारलाई सल्लाहकारमा चयन गरेको छ ।
