• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

हवाईजहाज दुर्घटनामा क्षतिपूर्तिबारे विवाद हुनु दुखद : राजमो


  •   शनिबार, साउन १२, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले हवाईजहाज दुर्घटनामा क्षतिपूर्तिबारे विवाद हुनुलाई दुखद बताएको छ ।

    Advertisement

    उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८१ साउन १२ गते शनिबार प्रेसवक्तव्य जारी गर्दै राजमोले यस्तो प्रतिक्रिया दिएको हो ।

    साउन ९ गते सौर्य एयरलाइन्स दुर्घटनमा मृत्यु भएका मृतकका परिवारले क्षतिपूर्तिको माग राख्दै शव नबुझेको सन्दर्भमा राजमोले यस्तो हुनुलाई दुखद् बताएको छ ।

    संसारभरि हवाईजहाज दुर्घटना हुने गरेको र मृतकका परिवारलाई अविलम्ब क्षतिपूर्ति दिने गरिएको बताउँदै राजमोले सम्बन्धित एयरलाइन्स र प्रशासनले तत्कालै क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गरिएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “काठमाडौँबाट पोखरा जान लागेको सौर्य एयरलाइन्स त्रिभुवन एयरपोर्टमा दुर्घटना भएको र त्यसमा १८ जनाको मृत्यु र पाइलट १ जना घाइते भएको घटना अत्यन्त गम्भीर र दुःखद घटना हो ।

    त्यो घटना किन भयो ? त्यसको लागि को जिम्मेवार छ ? त्यस विषयमा बेग्लै छानबिन भइरहेको छ र आउने दिनमा त्यस प्रकारका घटना घट्न नदिनका लागि गम्भीर ध्यान दिनुपर्ने आवश्यकता भएको कुरा प्रष्ट छ । त्यसबारे हामीलाई अहिले बढी केही भन्नु छैन तर यहाँ हामीले मुख्य उठाउन खोजेको प्रश्न मृतकका परिवारलाई क्षतिपूृर्तिको प्रश्न हो ।

    थाहा भएअनुसार अहिले सौर्य एयरलाइन्स विमानको दुर्घटनापछि पीडित परिवारले क्षतिपूर्तिको माग गरिरहेका छन् र त्यसबारे निर्णय नहुँदासम्म शव नबुझ्ने अडान लिएका छन् । त्यस प्रकारको विवादका लागि हाम्रो पार्टीले अत्यन्त दुःख, क्षोभ र आश्चर्य पनि प्रकट गर्दछ ।

    दुर्घटना भएपछि पीडितलाई स्वतः नै क्षतिपूर्ति दिने व्यवस्था गरिनुपर्दछ र त्यसबारे कुनै विवादको आवश्यकता नै छैन । त्यस्तो विषयमा पनि विवाद गर्नुपर्ने जुन परिस्थितिको सिर्जना भयो, त्यसका पछाडि प्रशासन र हवाईजहाज कम्पनी नै जिम्मेवार भएको कुरामा कुनै शङ्का छैन । जुन परिवारका कैयौँ सदस्यको मृत्यु भएको छ, कुनै कुनैको त एकै परिवारका तीन/तीन जनासम्मको मृत्यु भएको छ, त्यो अवस्थामा पीडित परिवारलाई कति धेरै मानसिक चोट पुगेको छ ? त्यो कसैले पनि सजिलैसित अनुमान गर्न सकिने कुरा हो । त्यस्तो अवस्थामा अलिकति पनि बेर नगरिकन मृतकका परिवारलाई क्षतिपूर्ति दिने कार्य गरिनुपर्दछ र त्यसमा गरिने कुनै पनि प्रकारको ढिलाइ अत्यन्त अफसोच र क्षोभको कुरा हो ।

    संसारका सबै विकसित देशमा हवाई दुर्घटनामा मृत्यु हुने व्यक्तिका पीडित परिवारलाई क्षतिपूर्ति दिने व्यवस्था गरिएको छ । नेपालमा पनि त्यस प्रकारका कानुन बनेका छन् । नेपालमा अहिले जति क्षतिपूर्ति दिने व्यवस्था गरिएको छ, अन्तर्राष्ट्रिय प्रचलनका तुलनामा त्यो धेरै कम छ । कुनै व्यक्तिको मृत्युलाई राष्ट्रिय वा अन्तराष्ट्रिय रूपमा भेदभाव गर्न मिल्दैन । त्यसकारण नेपालमा पनि हवाई दुर्घटनामा हुने क्षतिपूर्तिको व्यवस्था अन्तर्राष्ट्रिय स्तरमा नै गरिनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।

    अन्तमा, सौर्य हवाई दुर्घटनामा मृत्यु भएका परिवारलाई तुरुन्तै क्षतिपूर्ति दिने व्यवस्था गर्नका लागि हामीले प्रशासन, सरकारसमेत सित माग गर्दछौँ । उक्त दुर्घटनामा घाइते भएका पाइलटको उपचारको व्यवस्था भइरहेकोमा हामीले सन्तोष प्रकट गर्दछौँ तर त्यो दुर्घटनाका कारणले उनको सम्पूर्ण जीवनमा असर पार्ने कुरा प्रष्ट छ । त्यसकारण उनको सम्पूर्ण जीवन निर्वाहका लागि कम्पनीले पूरै क्षतिपूर्ति दिनुपर्ने र त्यसका लागि सरकारले प्रभावशाली कारबाही गर्नुपर्ने आवश्यकतामा पनि हाम्रो पार्टीले जोड दिन्छ ।”

    शनिबार, साउन १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.