काठमाडौँ । संयुक्त अरब इमिरेट्सको दुबईमा मृत्युदण्डको सजाय सुनाइएका एक नेपाली स्वदेश फिर्ता भएका छन् ।
Advertisement
ओखलढुङ्गाको चिशङ्खुगढी–३ का श्रेष्ठ २०८१ साउन १० गते बिहीबार नेपाल आइपुगेका हुन् ।
साथीलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको घटनामा भूवन र धादिङका पहलमान मगरलाई दुबईको एक अदालतले मृतक परिवारलाई ५० लाख ब्लड मनी नबुझाए मृत्युदण्ड दिने गरी सजाय सुनाएको थियो ।
अदालतले सजाय निर्धारण गरेको सूचना पाएपछि नेपालमा उनीहरूलाई स्वदेश फर्काउन अभियान चलाइएको थियो ।
ब्लडमनी तिरेपछि मृत्युदण्ड सजाय सुनाइएका दुवै जना सजायबाट मुक्त भएका छन् । श्रेष्ठ स्वेदश फर्केका छन् भने मगर यसै साता फर्किने तयारीमा छन् ।