• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

रोल्पा घटनाको निष्पक्ष अनुसन्धान गर्न राजमोको माग


  •   शुक्रबार, बैशाख १९, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले रोल्पाको त्रिवेणी गाउँपालिकामा बेवारिसे अवस्थामा रहेको बम बिस्फोटमा परी चार अबोध बालबालिकाको मृत्यु भएको घटनाको अनुसन्धान गर्न सरकारसँग माग गरेको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले आज एक विज्ञप्ति प्रंकाशित गरी घटनाको अनुसन्धान गर्न, पीडित परिवारलाई क्षतिपुर्ती दिन र दोषीमाथि कारबाही गर्न माग गर्नुभएको छ ।

    रोल्पाको त्रिवेणी गाउँपालिकामा बिहीबार बम बिस्फोटमा परी ११ वर्षीया विमला खत्री, पाँच वर्षीय विजय खत्री, १३ वर्षीय गौरव नेपाली र १४ वर्षीय नोखीराम डाँगीको मृत्यु भएको थियो ।

    यस्तै, पौडेलले विज्ञप्तिमा भारतीय सीमा क्षेत्रबाट नेपाली नागरिकहरुलाई ढिलै भए पनि उद्धार गरिएकोमा प्रशन्नता व्यक्त गर्दै भारतका विभिन्न ठाउँमा बेखर्ची भएर बसेका र नेपाल आउन चाहने नागरिकहरुको पनि उद्धार गर्न माग गर्नुभएको छ ।

    यस्तो छ, वक्तव्य
    ‘भारतीय सिमामा रहेका सुदुरपश्चिमका नेपालीहरुलाई उद्दार गरी नेपालमा ल्याउन सम्बन्धित प्रदेश र जिल्लाहरु वा केन्द्रीय सरकारले खेलेको भूमिकालाई राष्ट्रिय जनमोर्चाले स्वागत गर्दछ । त्यो कार्य सम्पन्न गर्न धेरै ढिलो भएको छ । तैपनि ढिलो भएपनि भारतीय सिमामा अलपत्र परेका नेपालीहरुलाई नेपालमा ल्याएकोमा हामीले प्रसन्नता प्रकट गर्दछौं ।
    त्यो कार्यलाई अरु निरन्तरता दिनुपर्ने आवश्यकता छ ।

    लकडाउनका कारणले राजधानी वा अन्य विभिन्न स्थानहरुमा मानिसहरु अलपत्र परेर, बेखर्ची भएर वा दुःखसास्ती पाएर बसिरहेका छन् । उनीहरु मध्ये कैयौंलाई सम्बन्धित् जिल्ला वा पालिकाहरुले आ–आफ्नो ठाउँमा लैजाने काम गरेका छन् । तर केन्द्रीय सरकारको स्पष्ट नीति नभएका कारणले कैयौं ठाउँका नेपालीहरु आफ्नो गाउँघरमा जान पाएका छैनन् । त्यसप्रति पनि हामीले सरकारको ध्यान आकर्षित गराउन चाहन्छौं ।

    भारतमा असंगठित क्षेत्रमा काम गर्ने नेपालीहरुले ठूलो संख्यामा धेरै नै दुःखसास्तीको जीवन बिताउनु परिरहेको छ । कम्पनीहरुमा काम बन्द हुँदा र कुनै तलब वा खर्च नपाउँदा भारतमा ठूलो संख्यामा नेपालीहरुले बेखर्ची भएर दुःखसास्ती पाउनु परेको छ । उनीहरुको उद्दार गर्ने जिम्मेवारी पनि सरकार कै हुन्छ वा हुनुपर्दछ । विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार उनीहरुको आवश्यक व्यवस्था गर्ने जिम्मेवारी भारत सरकारको हुनुपर्दथ्यो ।

    तर त्यसले पनि त्यसरी बेखर्ची भएका नेपालीहरुको पूरा व्यवस्था गरेको पाइँदैन । त्यो अवस्थामा उनीहरुका लागि आवश्यक राहतको व्यवस्था गर्न वा उनीहरुको उद्दार गरी नेपालमा ल्याउने जिम्मेवारी नेपाल सरकारको नै हुन्छ । तर नेपाल सरकारले उनीहरुबारे पर्याप्त ध्यान दिएको पाइँदैन । त्यसबारे आवश्यक कदम चाल्नको लागि पनि हामीले सरकारसित माग गर्दछौं ।

    रोल्पाको त्रिवेणी गाउँपालिकामा बम विस्फोटभई चार जना बालबालिकाहरुको मृत्यु भएकोमा हाम्रो पार्टीले गम्भीर दुःख प्रकट गर्दछ । द्वन्द्वकालको बेलामा यत्रतत्र फालिएका विस्फोटक पदार्थहरुको समयमा नै व्यवस्थापन गर्नु सरकार र सम्बन्धित राजनीतिक समूहको जिम्मेवारी हुन्थ्यो । तर त्यसबारे ध्यान नदिनाले नै चारजना निर्दोष बालबालिकाहरुको ज्यान गएको छ ।

    हामीले ती बालबालिकाहरुप्रति श्रद्धाञ्जली र उनीहरुका शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछौं । त्यसका साथै हामीले यो कुरामा पनि जोड दिन्छौं कि, प्रथम, द्वन्द्वकालका त्यस प्रकारका विस्फोटक पदार्थहरुको पूरै छानवीन गरी त्यस प्रकारका अबैध सामाग्रीहरु हटाउने वा नष्ट गर्ने व्यवस्था गरियोस् । द्वितीय, मृतक बालबालिकाका बाबुआमा वा परिवार जनलाई पनि उचित क्षतिपूर्ति दिइयोस्।’

    शुक्रबार, बैशाख १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.