• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

राष्ट्रियता र भ्रष्टाचार वर्तमान अहिले देशको मुख्य समस्या : शर्मा


  •   बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
  • काठमाडौँ । वामपन्थी नेता आनन्द शर्माले राष्ट्रियता र भ्रष्टाचार अहिले देशको मुख्य समस्या रहेको बताउनुभएको छ ।

    Advertisement

    अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) को एघारौँ स्थापना दिवसको अवसरमा २०८१ साउन १० गते बिहीबारका दिन राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय भवनमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो बताउनुभएको हो ।

    ‘अहिलेको राष्ट्रिय राजनीतिमा दुईओटा मुख्य समस्याहरू छन्’ उहाँले भन्नुभयो– ॅती दुई मुख्य समस्याहरू राष्ट्रियतामाथिको आक्रमण र भ्रष्टाचार हुन् ।’

    उहाँले अहिले पनि देशमा विदेशी हस्तक्षेप यथावत् रहेको उल्लेख गर्नुभयो ।

    ‘सीमा अतिक्रमण यथावत् छ । देशको राजनीतिमा विदेशी चलखेल यथावत छ’ उहाँले आफ्नो तर्क पुष्टि गर्दै भन्नुभयो ।

    सम्बोधनको क्रममा उहाँले देशमा जनताको चेतनास्तर भने कमजोर रहेको धारणा व्यक्त गर्नुभयो ।

    ‘वर्षभरिको ३६४ दिन नेपाली जनताले भ्रष्ट नेतालाई गाली गर्छन्’ उहाँले भन्नुभयो– ‘बचेको एक दिन तिनै गाली गरेका नेतालाई भोट हाल्छन् ।’

    जनताको यस खालको चरित्रले गर्दा देशमा गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा आँच पुगेको दावीसमेत उहाँले गर्नुभयो ।

    स्थापना दिवसको सन्दर्भलाई जोड्दै उहाँले भन्नुभयो– ‘राज्यले संविधान मिचेको अवस्थामा कानुन व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको छ ।’

    अन्लाका अध्यक्ष अधिवक्ता पदम रोकाको अध्यक्षता तथा महासचिव लक्ष्मणदेव पाण्डेको सञ्चालनमा अघि बढेको थियो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसी, नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, राजमो केन्द्रीय सचिव घनश्याम न्यौपाने, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, अखिल नेपाल शिक्षक सङ्घका अध्यक्ष सानोभाइ कार्की, प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगर, रक्तिम सांस्कृतिक अभियानका महासचिव हेमराज आश्रम, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिवालय सदस्य दुर्गानाथ खरेल, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका केन्द्रीय सचिव बी.बी. अधिकारी र अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्य केबी घलेले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको पनि आतिथ्य रहेको थियो ।

    उपाध्यक्ष रामप्रसाद शर्माले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा अधिवक्ताहरू उषा पोख्रेल, अनिता जिसी, मधुसूदन सापकोटा, भीष्म जोशी, स्वस्तिका दुलाल, प्रवीण भट्टराई, रोचक ढुङ्गेल र प्रतिमा रोकालाई प्रमुख अतिथिले सम्मान गर्नुभएको थियो ।

    सम्मानित अधिवक्ताहरूको तर्फबाट अनिता शाही र भीष्म जोशीले समेत मन्तव्य राख्नुभएको थियो ।

    बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.