दीप गोले तामाङ ##
Advertisement
—१—
पानी हालेको दुधमा तर लागेन
ठुलाबडालाई यहाँ कर लागेन
मान्छेमा मानवता हुन्छ ठानेको थियो
तर मान्छे हो मान्छेको नै भर लागेन
—२—
पानी छुनसम्म त पाउँदैन मान्छे
आफ्नो अधिकार लिन धाउँदैन मान्छे
कस्तो विडम्बना छ समाजमा आज हाम्रो
जाऊँ हिँड भन्दा त आउँदैन मान्छे
—३—
बरु सहेरै बस्छ हेरेरै बस्छ
कहिल्यै छोडेनन् बेरेरै बस्छ
खै के भन्नुँ अब नाथेहरूलाई
उल्टै उसलाई नै घेरेरै बस्छ
—४—
भन्छु म त यहाँ व्यभिचार भो
दिनदहाडै यहाँ भ्रष्टाचार भो
दुखी गरिब जनता बाँच्न गाह्रो
यो त साह्रै अन्याय अत्याचार भो
—५—
फेरिन्छ यहाँ सत्ता र सरकार
भत्कायो फेरि सरकार भर्खर
के भन्नु छ र कसलाई खोई ?
गर्दै छन् नेताहरू देश सुम्पिने तर्खर