काठमाडौँ । सौर्य एयरलाइन्समा एकै परिवारका ३ जनाको मृत्यु भएको छ भने दुर्घटनामा घाइते भएका पाइलटको अवस्था खतरामुक्त रहेको छ ।
एयरलाइन्स प्राविधिक मनुराज शर्मा, ऊर्जा मन्त्रालयमा कार्यरत श्रीमती प्रिजा खतिवडा र छोरा अधिराजको मृत्यु हो ।
प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत थिइन् ।
प्राविधिक मनुराज पोखरा जाने भएपछि श्रीमती प्रिजालाई अफिसबाट र छोरा अधिराजलाई विद्यालयबाट बोलाएर घुम्न पोखरा लग्दै थिए । प्रिजा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष प्रकाश खतिवडाकी छोरी हुन् ।
त्यस्तै, सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था अहिलेसम्म खतरामुक्त रहेको छ । उनको केएमसी अस्पतालमा उपचार भ भइरहेको प्राप्त जानकारीमा आएको छ ।
शाक्यको मेरुदण्डको एल टु भाँचिएको देखिएको छ । अनुहारमा गहिरो चोट लागेको छ । अस्पताल स्रोतका अनुसार उनी बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ ।
विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।