काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिकाका (अधिकृत स्तर छैटौं) इन्जिनियर पदमा कार्यरत मो।अख्तर हुसैनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
Advertisement
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विषेश अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो।
इन्जिनियर हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुसररिसवत माग गरेको अख्तियारको आरोप छ।
आयोगको कार्यालय इटहरीबाट खटिइ गएको टोलीले हुसैनलाई सेवाग्राहीबाट १ लाख रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।