• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

मूल प्रवाहले भन्योः आफ्ना नागरिकलाई विदेशमै रोकिरहनु अमानवीय


  •   बिहिबार, बैशाख १८, २०७७ मा प्रकाशित
  • काठमाडौं । मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले कोरोना भाइरसको स्रक्रमणको त्रास देखाएर विदेशबाट आउन खोज्ने नागरिकमाथि रोक लगाउनु अमानीयल काम भएको जनाएको छ । आफ्ना नागरिहरुलाई विदेशमा नै रोकेर राख्न कुनै पनि देशले मिल्दैन भन्दै मूल प्रवाहले आफ्ना नागरिकहरुप्रति नेपाल सरकारको यस प्रकारको रवैयाप्रति आपत्ती प्रकट गरेको छ ।

    Advertisement

    बिहीबार विज्ञप्ति निकालेर मूलप्रवाहका अध्यक्ष दुर्गा बहादु केसीले भन्नुभएको छ, ‘भारतमा रहेका नेपाली श्रमिकहरूको अवस्था पनि अन्य श्रमजिवीहरूको जस्तै दिन प्रतिदिन दयनीय बन्दै र भोकमरीको स्थिति श्रृजना भएको छ । बेखर्ची वा अलपत्र अवस्थामा पुगेका नेपालीहरूलाई आवश्यक व्यवस्था गर्नुपर्ने सरकारको नै जिम्मेवारी हुन्छ ।’

    अध्यक्ष केसीले विभिन्न प्रकारका विमारबाट ग्रसित भई भारतमा उपचार गराइरहेका विमारीहरु निको भए पछि पनि लकडाउनका कारणले भारत मै रोकिएर बस्नु पर्ने बाध्यात्मक अवस्था रहेको बताउँदै त्यस प्रकारको अवस्थामा नेपालमा घरसम्म जानको लागि आवश्यक छुटको व्यवस्था मिलाउन नेपाल सरकार समक्ष माग गर्नुभएको छ ।

    यस्तो छ, विज्ञप्तिः
    ‘कोरोना भईरसको संक्रमणले सम्पूर्ण मानव समुदायलाई नै प्रभावित पारेको छ । कोरोनाको संक्रमण रोक्नका लागि विभिन्न देशहरुले अनेकन रणनीतिहरु अपनाएका छन् । जस अन्तर्गत सामाजिक दूरी र लकडाउन पनि प्रमुख हुन् । लकडाउनका कारणले विश्वको अर्थतन्त्रमा संकट देखापर्न लागेको छ भने श्रमजिवी वर्गको अवस्था अत्यन्तै दयनीय बन्दै गइरहेको छ ।

    भारतका विभिन्न स्थानहरुमा होटल, रेस्टुरेन्ट, पार्टी फंशन, क्रेशर, पोल्ट्री फारम, पशुफारम लगायत स–साना उद्योगहरु, पसलहरु (असंगठित क्षेत्रहरु) मा कार्यरत नेपाली कामदारहरूको स्थिति अत्यन्तै दयनीय बन्दै गइरहेको छ । यो अवस्थामा कोरोना भाईरस संक्रमणको डर–त्रास देखाएर नेपाल सरकारले नेपाली श्रमिकहरुलाई अनिश्चित कालसम्म नेपाल प्रवेशका लागि अघोषित रोक लगाएको छ । त्यसरी आफ्ना नागरिहरुलाई बिदेशमा नै रोकेर राख्न कुनै पनि देशले मिल्दैन, त्यसो गर्नु अनुचित र अमानवीय हुन्छ । आफ्ना नागरिकहरुप्रति नेपाल सरकारको यस प्रकारको रवैयाप्रति आपत्ती प्रकट गर्दछौं ।

    कोरोना भाईरस संक्रमण रोक्ने उदेश्यले लगाइएको लकडाउनका कारणले श्रमिकहरू रोजगारी एवं आम्दानीका स्रोतहरू समाप्त भए पछि बेखर्ची वा अलपत्र अवस्थामा पुगेका छन् । उनीहरूका मालिक वा सरकारी समयन्त्रले समेत उनीहरूको खानपीन एवं व्यवस्थापनमा प्रयाप्त ध्यान दिएको देखिएको छैन ।

    भारतमा रहेका नेपाली श्रमिकहरूको अवस्था पनि अन्य श्रमजिवीहरूको जस्तै दिन प्रतिदिन दयनीय बन्दै र भोकमरीको स्थिति श्रृजना भएको छ । बेखर्ची वा अलपत्र अवस्थामा पुगेका नेपालीहरूलाई आवश्यक व्यवस्था गर्नुपर्ने सरकारको नै जिम्मेवारी हुन्छ । नेपाल सरकार र सरकारको सम्बन्धित निकायले त्यस तर्फ तत्काल ध्यान दिन माग गर्दछौं ।

    विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकल अनुसार कोरोना भाइरसको विश्वव्यापी सङ्कटको अवस्थामा जुनसुकै देशका नागरिकहरु जुन जुन देशमा फसेर रहेका छन्, त्यहीं नै उनीहरूको व्यवस्था गर्नु सम्बन्धित देशहरूका सरकारहरूको दायित्व हो ।

    तर दुःख साथ भन्नु पर्दा भारतका विभिन्न राज्यहरुमा नेपाली श्रमिकहरुले भोकमरीको सामान गर्नु पर्ने परिस्थिति उत्पन्न भएको छ, यो विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकलका विरुद्ध छ । त्यो अवस्थामा भारतका विभिन्न राज्यहरूमा रहेका नेपाली श्रमिकहरूको हितमा प्रभावशाली प्रकारले तत्काल पहलका लागि हामीले सरकारको विशेष ध्यानाकर्षित गर्न चाहन्छौँ ।

    भारतका विभिन्न राज्यहरूमा रोकिएर रहेका विद्यार्थी एवं घर फर्कन चाहने मजदुरहरुलाई आ–आफ्नो राज्यमा ल्याउने र सम्बन्धित राज्य सरकारले त्यसको व्यवस्थापन गर्ने भारतको केन्द्र सरकारको गृहमन्त्रालयले निर्देशन जारि गरिसकेको छ । विभिन्न स्थानमा रोकिएर रहेका नेपाली मजदुरहरुका बारेमा भने भारत सरकारले कुनै धारणा सार्वजनिक गरेको छैन । भारतमा यतिवेला कोरोना संक्रमण बढ्दो छ, त्यसैले मई ३ पछि पनि लकडाउनको अवधि बढ्ने संभावना रहन्छ ।

    लकडाउनको कारणले कैयौं स–साना उद्योग, एवं व्यवसायहरू बन्द हुने अवस्थामा पुगेका छन् । उनीहरुका मालिकहरुले सरकारले मजदुरहरूलाई घर फर्किन पाउने सुबिधा उपलब्ध गराएको छ भन्दै धमाधम नोकरीबाट निकाल्न लागिरहेका समाचारहरु प्राप्त भएका छन् । यसरी निकालिनेहरूमा नेपाली श्रमिकहरु पनि ठूलो संख्यामा पर्ने छन् ।

    त्यसले झन् थप समस्यामा उत्पन्न हुनेछ । भारतका विभिन्न शहरहरुमा होटल वा असङ्गठित क्षेत्रहरूमा कार्यरत नेपाली श्रमिकहरूलाई आवश्यकता अनुसार स्वास्थ्य परिक्षण गरि यथासक्य छिटो स्वदेश फिर्ता गर्ने बाताबरण मिलाउनु पर्ने आवश्यकता छ र आवश्यकता अनुसार कोरेन्टाइनको व्यवस्था गर्नु पर्दछ ।

    त्यस सम्बन्धी नेपाल सरकार तथा सरकारको सम्बन्धित निकायबाट समकक्षी सरकारसँग कुटनैतिक पहल गरि भारतका विभिन्न स्थानहरूमा फसेर रोकिएका नेपालीहरूलाई आ–आफ्नो ठाउँमा पुर्याउनको लागि उचित व्यवस्थापन गर्न जोडदार माग गर्दछौँ ।

    विभिन्न प्रकारका विमारीहरुबाट ग्रसित भई भारतमा उपचार गराइरहेका विमारहरु निको भए पछि पनि लकडाउनका कारणले भारत मै रोकिएर बस्नु पर्ने बाध्यात्मक अवस्था छ । त्यसका साथै परिवारहरुमा पर्न गएको शोकको अवस्थामा पनि आफन्तजनहरु लकडाउन कै कारणले भारतमा रोकिनु परेको छ । त्यस प्रकारको अवस्थामा नेपालमा घरसम्म जानको लागि आवश्यक छुटको व्यवस्था मिलाउन नेपाल सरकार समक्ष माग गर्दछौं ।

    महामारीको यो विकराल अवस्थामा हाम्रो संगठनले राहत कार्य गरिएको छ । संगठनको स्वपहलमा, स्थानीय प्रशासन एवं स्थानीय समाजसेवी संघ संस्थाहरुसँग सहकार्य गरि राहत पुर्याउने कार्यमा संगठनका कार्यकर्ताहरु खटिरहनु भएको छ । राहात कार्यका लागि पहल गर्नु हुने कार्यकर्ताहरु, स्थानीय प्रशासन एवं स्थानीय समाजसेवी संघ संस्थाहरु, समर्थक, शुभचिन्तक सम्पूर्णलाई केन्द्रीय समितिको तर्फबाट धन्यवाद प्रकट गर्दछौं । अगामी दिनहरुमा पनि राहात कार्यमा सम्पूर्ण कार्यकर्ताहरु संगठित रुपमा लागिरहनका लागि अनुरोध गर्दछौं ।

    विश्व स्तरमा फैलिएको कोरोना भाईरस संक्रमणका कारणले गर्दा यो वर्ष मजदुरहरुको महान दिवश “मई दिवस” मनाउन असमर्थ छौं । जसरी इतिहासमा श्रमजिवी वर्गले १८/२० घण्टा काम गर्नु पर्ने वाध्यतालाई पराजित गरेका थियौं, मानव जाति विरुद्धको कोरोना भाईरसको यो महामारीलाई पनि अवश्य पराजित गर्नेछौं भन्नेमा विश्वस्त छौं ।

    भौतिक रुपमा तथा प्रत्यक्ष रुपमा सहभागि भएर मनाउन नसकिएता पनि विश्वका सम्पूर्ण श्रमजिवी वर्गको पक्षमा विजय प्राप्त गर्नका लागि ज्यान गुमाउनुभएका अमर शहिदहरुलाई सम्झँदै वहाँहरुले देखाएको बाटोमा अगाडि बढ्न आव्हान गर्दछौं । संसारका मजदुर एक हौँ ! मई दिवस– जिन्दावाद । ईन्कलाब जिन्दावाद ! शिकागोका शहिदहरुलाई– लाल सलाम ।’

    बिहिबार, बैशाख १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.