रवि पौडेल ##
Advertisement
विदेशीले सीमा मिच्छ तिमीले के हेर्छौ
नाङ्गो नाच साम्राज्यवादको तिमीले के गर्छौ ?
कालापानी नेपाली माटो हरायो नेपाली
कञ्चनपुर गायब स्तम्भ तिमीले के गर्छौ ?
लिपुलेक अर्कैको कब्जा आफैलाई गाह्रो छ
कब्जामा कालापानी अब तिमीले के गर्छौ ?
लिम्पियाधुरा नेपाली माटो विदेशी कब्जामा
नेपाली मुटु ठोकेर बुट तिमीले के गर्छौ ?
साम्राज्यवादी परेड खेल्छ नेपाली आँगनमा
हत्या र हिंसा लुटेको इज्जत तिमीले के गर्छौ ?