राम गैरे पाल्पाली ##
Advertisement
एउटै छोरो मुग्लानिँदा मन मरेको होला ।
पीडाकै करण नुनिलो आँसु झरेको होला ।१।
आँसु आउने नै भयो बिचरा बाबुआमाको र
एक्लो सन्तान पनि सात समुद्र तरेको होला ।२।
देशको अवस्था र व्यवस्था यस्तै हुँदा आज ।
मलिनो अनुहार मनमुटु निचोरेको होला ।३।
बेरोजगारीकै कारण विवशता परेर होला ।
कठोर मनले अन्तिम निर्णय गरेको होला ।४।