काठमाडौँ । शुक्रबार बिहान भारतमा फेला परेको शव एन्जेल बसका मालिकको भएको पुष्टि भएको छ ।
८ दिन अघि चितवनको सिमलतालबाट बगेको एन्जेल बसका मालिक माइला लामिछाने केसी हुन् । उनी भक्तपुर र मकवानपुर निवासी हुन् । दुबै तर्फ घर छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी बेदबहादुर पौडेलका अनुसार मृतकले लगाएको घडी र बालाका आधारमा शवको पहिचान भएको हो । बायाँ हातमा आरबीएस (अंग्रेजी अक्षरमा लेखिएको छ) टयाटु लेखिएको छ । बायाँ हातमा कालो चेनको घडी लगाएका छन् । यी सबै प्रमाणका आधारमा मृतकका भाइले सनाखत गरेका हुन् ।
गत शुक्रबार चितवनको सिमतलालको पहिरोमा परेकाहरुको शव नारायणी नदी हुँदै भारतमा पुगेको छ ।
शुक्रबार त्रिवेणीबाट ४० किलोमिटर तल उक्त शव फेला परेको हो । भारतीय प्रहरीको सहयोगमा शव गण्डक ब्योरेज (पुल) मा ल्याइएको हो । त्यहाबाट यो शव अहिले त्रिवेणीमा राखिएको छ ।