• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

कर्णालीका मन्त्री : कसको सम्पत्ति कति ?


  •   शुक्रबार, साउन ०४, २०८१ मा प्रकाशित
  • काठमाडौं । कर्णाली प्रदेश सरकारका मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटबाट मुख्यमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको हो ।

    Advertisement

    कर्णाणी सरकारमा एकजना राज्यमन्त्रीसहित ८ जना सहभागी छन् । सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार सबैभन्दा धनी सामाजिक विकासमन्त्री वीरबहादुर शाही छन् भने आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी अरुभन्दा गरिब देखिन्छन् ।

    मुख्यमन्त्री यामलाल कँडेल
    विवरण अनुसार मुख्यमन्त्री कँडेलको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ४ मा ०-३-१२-३.४ वर्गमिटर क्षेत्रफलमा दुई वटा घर रहेका छन्। उनको स्थायी ठेगाना नै त्यहीँ हो।

    यस्तै,  श्रीमती गीता अधिकारीको नाममा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–६, मा १९०.७८ वर्गमिटर क्षेत्रफलमा घर रहेको विवरणमा उल्लेख गरेका छन्। उक्त घर बैंक मौज्दात, श्रीमती र छोरीहरूको पारिश्रमिक, घरभाडा, ऋण सापट गरी जोडेको कँडेलले जनाएका छन्।

    मुख्यमन्त्री कँडेललै नाममा वीरेन्द्रनगर नगरपालिका–९ मा ०।८।१४ वर्गमिटर र उनकी श्रीमतीको नाममा वीरेन्द्रनगर १० मा ०-१-८-२, वडा नम्बर ४ मा ०-०-१८ र ०-०-१३-१९ वर्गमिटर जग्गा, १० तोला सुन, आफ्नो र श्रीमतीका नाममा विभिन्न ११ वटा बैंक तथा सहकारीमा गरी ३३ लाख १२ हजार ४८५ रुपैयाँ मौज्दात रहेको विवरणमा उल्लेख गरिएको छ।

    भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाह
    दैलेख निर्वाचन क्षेत्र २ (ख) बाट एमालेबाट निर्वाचित भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाह ठाटीकाँध गाउँपालिका–१ कोसेडी निवासी हुन्। शाहको काठमाडौँको बूढानीलकण्ठमा ७५ लाख मूल्य पर्ने २ तलाको घर छ। उक्त घर ऋण गरेर खरिद गरिएको उल्लेख गरिए पनि त्यो भन्दा बढी मूल्यमा घडेरी जोडेको सम्पत्ति विवरणमा उल्लेख छ।

    श्रीमतीकै नाममा भक्तपुरको सूर्यविनायक नगरपालिका–६ मा ५०८-६४ वर्ग मिटर क्षेत्रफलको घडेरी छ। उक्त घडेरी ४८ लाख मूल्य रहेको र पैतृक सम्पत्तिबाट खरिद गरेको उल्लेख गरेका छन्।

    साथै पश्चिम दैलेखको आठबिस नगरपालिका–४ राकम कर्णालीमा पनि शाहको जग्गा रहेको छ। १० लाख मूल्य बराबरको उक्त घडेरी १८५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ। उक्त जग्गा पारिश्रमिकबाट खरिद गरिएको उल्लेख गरिएको छ।

    यस्तै ठाटीकाँध गाउँपालिका– १ मा ५० रोपनी जग्गा पुर्ख्यौली, सुनका गहना ४० तोला, सुन २५ तोला, एक हजार ५०० तोला चाँदी, १५ तोलाको हिराको हार रहेको र यो चल सम्पत्ति उनले केही पैतृक सम्पत्ति छोरा र आफ्नो पारिश्रमिकबाट खरिद गरेको सम्पत्ति विवरणमा उल्लेख छ।

    सामाजिकमन्त्री वीरबहादुर शााही
    डोल्पाको जगदुल्ला गाउँपालिका–५ मा जन्मिएका सामाजिक विकासमन्त्री शाहीको ठाउँठाउँमा घर र घडेरी रहेको सम्पत्ति विवरणमा उल्लेख छ।

    मन्त्री शाहीको जगदुल्ला गाउँपालिकामा १०६० वर्ग मिटरमा पुर्ख्यौली घर रहेको छ। लुम्बिनी प्रदेशको बाँके जिल्लामा ३७६।५५ वर्ग मिटर क्षेत्रफलमा र २१ धुर जग्गामा गरि दुई वटा घर रहेका छन्। ती घर १० लाखमा जोडेको उल्लेख गरेका छन्।

    यस्तै, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२, मा २५ लाख मूल्य बराबरको अर्को घर रहेको उल्लेख गरेका छन्। यी घरहरू उनले ठेक्कापट्टाबाट जोडेको उल्लेख गरेका छन्।

    शाहीकै नाममा डोल्पा, सुर्खेत, बाँके, रुकुम पश्चिममा गरी ७ ठाउँमा जग्गाजमिन रहेको छ। डोल्पा जगदुल्लाका दुई ठाउँमा ११ घुर, सुर्खेतमा ९ धुर, बाँकेमा २०० धुर, रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३, का दुई ठाउँमा गरी ४०० धुर र डोल्पामै अर्को ४ विगाह जमिन छ।

    यस्तै, मन्त्री शाहीसँग २९ तोला सुन, ५ तोला चाँदी, मुरा १० तोला, २ वटा डोजर, एक ट्याक्टर रहेका र यी सबै ठेक्कापट्टाबाट नै खरिद गरिएको शाहीले सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

    साथै उनीसँग एउटा स्याउ फार्म, ४० घोडा, ६० खच्चर, १०० बाख्रा रहेका छन् भने एउटा उद्योग पनि छ। उक्त उद्योग एक करोडमा खरिद गरिएको उल्लेख छ।

    आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी
    कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी अरु मन्त्रीभन्दा गरिब रहेको सम्पत्ति विवरणले देखाएको छ। रुकुम पश्चिम जिल्लाको बाँफिकोट गाउँपालिका–३ घर भएका मन्त्री केसीको गाउँमा २७५२ र ८० वर्ग मिटरको दुई ठाउँमा जग्गा, कपिलवस्तुको बाँणगंगाको तीन ठाउँमा गरी ३ कट्ठा ९ धुर जग्गा रहेको छ।

    सम्पत्ति विवरण अनुसार मन्त्री केसीसँग सुनचाँदी नभएको उल्लेख गरेका छन्। यस्तै, मन्त्री केसीले दुईवटा बैंकमा ६ लाख एक हजार ३३५ रुपैयाँ मौज्दात र त्यो रकम पारिश्रमिक र श्रीमतीको द्वन्द्व पीडितलाई सरकारले दिने सुविधाबाट जम्मा भएको उल्लेख गरेका छन्।

    भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढा

    यस्तै, डोल्पाको काइके गाउँपालिका निवासी भौतिक पुर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाको वडा नम्बर २ मा पुर्ख्यौली घर तथा जमिन रहेको उल्लेख गरेका छन्।

    ००,९४५, ००५५०, ००.२४५, ०,०६२०, ०,००४५, ०३२० र ०,०८० वर्गमिटरको घर तथा घरको चर्चेको जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ।

    यस्तै उनकी श्रीमती कुमारी बुढाको नाममा डोल्पाकै ठुलोभेरी नगरपालिका–३, को दुई वटा ठाउँमा जमिन छ। एक ठाउँमा ०००।४२५ वर्ग मिटर क्षेत्रफल र अर्को ०००।२० वर्ग मिटर क्षेत्रफलमा जमिन, २० तोला सुन, ६० तोला चाँदी रहेको उल्लेख गरेका छन्।

    उनले उक्त सम्पत्ति पनि व्यापारबाट नै जोडेको उल्लेख गरेका छन्।

    यस्तै श्रीमतीकै नाममा रहेको नेपाल बैंकमा २० लाख रकम मौज्दात, दुईवटा बुलेट बाइक, चारवटा घोडा, ५ गाई, १० भेडाबाख्रा रहेको र ती सबै पुर्ख्यौली सम्पत्ति तथा व्यापारबाट जोडेको बताएका छन्।

    जलस्रोत तथा ऊर्जा विकासमन्त्री रणसिंह परियार
    हुम्ला जिल्लाको अदानचुली–१, निवासी परियारसँगै गाउँमा एउटा पुर्ख्यौली घर भएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। मन्त्री परियारको सोही ठाउँमा ६० रोपनी पुर्ख्यौली जग्गा रहेको छ ।

    मन्त्री परियारसँग ३ तोला सुन, २० तोला चाँदी र ६० हजार रकम मौज्दात तलवभत्ता र बाँकी पुर्ख्यौली सम्पत्तिबाट जोडेको उल्लेख गरेका छन्।

    यस्तै मन्त्री परियारसँग दुईवटा बैंकमा गरी ७० हजार रकम मौज्दात, ४ वटा गाई, ७ गोरु र ३० बाख्रा रहेका र ती सबै पुर्ख्यौली सम्पत्ति रहेको उल्लेख गरेका छन्।

    साथै मन्त्री परियारको ३ लाख ६० हजार मूल्यको कर्णाली ट्रेडर्स नामको खुद्रा पसल रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

    उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावत
    कालिकोटको तिलागुफा नगरपालिका–७, निवासी रावतको गाउँमा एउटा घर रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

    मन्त्री रावतले तिलागुफा नगरपालिकाका विभिन्न ७ वटा ठाउँमा जग्गा रहेको विवरणमा उल्लेख गरेका छन्।

    नगद, सुन, चाँदी कुनै पनि नभएका मन्त्री रावतको दुई वटा बैंकमा १९ लाख ५० हजार बराबर रकम रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

    भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्री गमता विक
    यस्तै, दैलेखको आठबिस नगरपालिका–१, सातला निवासी राज्यमन्त्री गमता विकको कुनै पनि जग्गा छैन। उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पेश गरेको सम्पत्ति विवरण अनुसार गाउँमा एउटा कच्ची घर रहेको र त्यो पनि पुर्ख्यौली रहेको उल्लेख गरेकी छन्।

    राज्यमन्त्री विकसँग चार तोला सुन, १० तोला चाँदी, ५ लाख रकम बैँकमा मौज्दात रहेको छ। उक्त रकम सांसदको तलब भत्ता र अन्य सम्पत्ति पुख्यौली र कृषिबाट जोडेको उल्लेख छ। यस्तै, राज्यमन्त्रीसँग २० हजारको मोबाइल, ५ हजारको घडी र ३० हजारको टिभी रहेको छ।

    शुक्रबार, साउन ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.