सम्पदा शर्मा ##
Advertisement
आँखाभरि आँसु झार्दै निस्किएको दिन
कहिले होला देश बन्ने झन् बिग्रियो किन ?
युवाजति विदेशिन एयरपोर्टतिर ताँती
हजुरबाले देश चलाउने विदेशिने नाति
देश बनाउने युवाहरू विदेशिनुपर्ने
वृद्ध अनि बालबालिकाले अब के पो गर्ने ?
कसले बुझ्ने यो देशमा म जस्ताका कुरा
सपनाजति मरिसके कहिले होलान् पूरा
हाँस्न खेल्न अति मन छ बाआमाको छेउमा
यै देशमा गरिखाने माहोल बनाइदेऊ न
शिक्षा स्वास्थ्य रोजगारीमा विदेशिने हामी
देश रित्तिन थालिसक्यो अझै कति जानी ?
देश हाँक्ने नेतृत्वको कहिले होस आउला ?
ढुक्क भई यै देशमा कहिले बस्न पाउँला ?
(सिमरा साहित्य समाज र सिमरा जेसिसको संयुक्त आयोजनामा २०८१ असार २९ गते शनिबार भानुजयन्तीको उपलक्ष्यमा आयोजित साहित्यिक कार्यक्रममा वाचन गरिएको कविता । सम्पदा बाराको सिमरास्थित सेन्ट अलफोनसास स्कुल, कक्षा ९ मा पढ्छिन् ।)