दाङ । राष्ट्रिय जनमोर्चा गढवा–१ वडासमितिको आयोजनामा सन्तोषकुमार योगीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।
राजमो केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपालीको प्रमुख आतिथ्यमा २०८१ साउन ३ गते बिहीबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपालीले शोकमन्तव्य व्यक्त गर्दै मृतक योगीले पार्टी, समाज र प्रगतिशील आन्दोलनमा खेलेको भूमिकाप्रति उच्च सम्मान प्रकट गर्दै योगीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
श्रद्धाञ्जली कार्यक्रममा राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य, राजमो कपिलवस्तुका सचिव केरसिंह अदै, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य, अखिल नेपाल युवक सङ्घका केन्द्रीय उपाध्यक्ष चित्रबहादुर महतारा क्षेत्री, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सचिवालय सदस्य महेशचन्द्र रिजाल, ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाका सहायक क्याम्पस प्रमुख तुल्सी पौडेल र अखिल नेपालल शिक्षक सङ्घका भानु जिएमले पनि शोकमन्तव्य राख्नुभएको थियो ।

राजमो वडासमितिका अध्यक्ष नवराज शर्माको अध्यक्षता तथा राजमोकै भरत अधिकारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उपस्थित सबैलाई स्मृतिशेष योगीका भाइ नागराज योगीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
