काठमाडौं । बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किंदा ६ जनाले ज्यान गुमाएका छन् । सरकारी जागिरमा रहेको कोटाको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरेका हुन् ।
Advertisement
आन्दोलनका कारण ६ जनाको मृत्यु भएपछि अर्को सूचना जारी नभएसम्मका लागि बंगलादेशका विद्यालय र विश्वविद्यालय बन्द गरिएको छ ।
यसैबीच बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासले अत्यावश्यक कामबाहेक आफू बसेको स्थान र होस्टेलबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई अनुरोध गरेको छ ।
राजदूतावासले कारणवश कलेज प्रशासनले होस्टेलबाट सुरक्षित स्थानमा जान वा आफू बसेको स्थान प्रतिकूल भएमा दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
राजदूतावासले नेपाली विद्यार्थी अध्ययनरत कलेजसँग निरन्तर सम्पर्कमा रहेको पनि जनाएको छ ।
विशेषगरी मेडिकल शिक्षाका लागि नेपाली विद्यार्थी बंगलादेश जाने गरेका छन् ।
