• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

नयाँ मन्त्रीलाई बधाई दिनेको सिंहदरबारमा भिड


  •   बुधबार, साउन ०२, २०८१ मा प्रकाशित
  • काठमाडौं । देशको सबैभन्दा ठूलो प्रशासनिक भवन रहेको सिंहदरबार परिसरमा मंगलबार अघि पछिभन्दा बढी चहलपहल देखियो।

    Advertisement

    मुलुकका प्रमुख दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमतिमा सोमबार नयाँ सरकार गठन भएसँगै मन्त्रीहरूलाई बधाई दिन सिंहदरबार प्रवेश गर्नेको भीड मंगलबार दिनभर जारी रह्यो। नयाँ मन्त्रीहरूलाई शुभकामना दिने र बधाई ज्ञापन गर्न उपत्यकामा रहेका आफन्तजन मात्र नभई टाढाटाढाका जिल्लाबाट नेता तथा कार्यकर्ता सिंहदरबार आइपुगेका थिए।

    कतिपय नेता तथा कार्यकर्ता समूहमा जिल्लाबाट गाडी नै रिजर्भ गरी मन्त्रीको नयाँ जिम्मेवारी प्राप्त गरेका आफ्ना नेतालाई शुभकामना दिन आएका थिए। शुभकामना तथा बधाई ज्ञापन गर्नेको भीडसँगै अधिकांश मन्त्रीहरूलाई मंगलबार दिनभर मालाखादा लगाउन भ्याईनभ्याई भयो। सबैजसो मन्त्रालयको प्रवेशद्वारमा शुभकामना दिनेको ओहोरदोहोर बाक्लो देखिन्थ्यो। सिंहदरबार परिसरमा प्रवेश अनुमति ९पास० लिन दक्षिण मूलद्वारमा नेता तथा कार्यकर्ता लामबद्ध देखिन्थे।

    नियमित प्रवेश गर्ने कर्मचारीबाहेक मंगलबार मन्त्रीहरूलाई बधाई तथा शुभकामनाका लागि पास लिएर जानेको सङ्ख्या करिब दुई हजार पाँच सयभन्दा बढी रह्यो। सार्वजनिक बिदाका दिनबाहेक अरू दिनमा दैनिक एक हजार चार सय व्यक्ति सिंहदरबार परिसर प्रवेश गर्ने गरेकामा मंगलबार दुई हजार पाँच सयभन्दा बढी व्यक्ति प्रवेश गरेको नेपाल प्रहरीको सिंहदरबारस्थित गणले जनाएको छ। गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारीका अनुसार उक्त गणले शान्ति सुरक्षाको प्रयोजनका लागि मूल प्रवेशद्वारहरूमा आगन्तुक प्रवेश व्यवस्थित गरिरहेको छ।

    दक्षिण प्रवेशद्वारमा प्रवेसीलाई पास उपलब्ध गराउन तोकिएका चारवटा झयालमा अपराह्नसम्म लाइन बस्नेको घुइँचो थियो। जिल्लाबाट बधाई ज्ञापनका लागि आएका नेता तथा कार्यकर्ताले आआफ्ना दलसँग सम्बन्धित मन्त्रीलाई प्राथमिकतामा राखेका थिए भने केहीले समूहमा सबै मन्त्रालय पुगेर शुभकामना दिएका थिए।

    सिंहदरबारस्थित केन्द्रीय चमेना गृहमा भेटिएका कञ्चनपुरका सिद्धार्थ भट्टले मुलुकमा केही नयाँ नभएको अनुभूति भएको बताए। उनले भने, “आज सिंहदरबारभित्रका चेहराहरू फरक देखेँ। मान्छेहरूको भीडभाड पनि बढेको देखेँ। देश र जनताका लागि नयाँ सरकारले केही सकारात्मक काम गरिदिए हुन्थ्यो।’’

    नेता तथा कार्यकर्ताको भीड सहरी विकास, भौतिक पूर्वाधार, श्रम तथा यातायात, युवा तथा खेलकुद, सङ्घीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ बढी देखिन्थ्यो। कतिपय नयाँ मन्त्रीलाई शुभचिन्तक, आफन्त, साथीभाई र नेता तथा कार्यकर्ताबाट पहिरिएको माला तथा खादा ग्रहण गर्ने र भेटघाटका लागि समय मिलाउन हम्मेहम्मे परेको थियो।

    आशीर्वाद दिन आएका पाहुना पनि व्यक्तिगत र समूहमा तस्बिर लिन तँछाड मछाडमै व्यस्त थिए। कतिपय ठाउँमा खाँदा र मालाको थुप्रो अस्रल देखिन्थ्यो। राणा प्रधानमन्त्री चन्द्रशमशेरले वि।सं। १९०३ मा बनाएको सिंहदरबारका भवन बेलाबेलामा भूकम्पका कारण पुनः निर्माण भइरहेका छन्। रासस

    बुधबार, साउन ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.