• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

आमाको सम्झना


  •   मङ्गलबार, साउन ०१, २०८१ मा प्रकाशित
  • विष्णु शर्मा ##

    Advertisement

    आमा हजुरले मलाई
    नौ महिना कोखमा राख्नुभयो ।
    मलाई स्वस्थ जन्मियोस् भनी
    देवीदेवता भाक्नुभयो ।।

    ज्यानै लाने पीडा सही
    मलाई जन्म दिनुभयो ।
    केटाकेटी उमेरमा नै
    हुर्काउने जिम्मा लिनुभयो ।।

    मलाई स्तनपान गराउनलाई नै
    पोषण तत्त्व खानुभयो ।
    घरको गर्जो टार्नलाई
    सुत्केरीमै मेला जानुभयो ।।

    चिटिक्कको हृष्टपुष्ट शरीर
    पछि मोटो बन्दै गयो ।
    पतिभन्दा बुढी देखिन थाली
    समाजले भन्दै गयो ।।

    रातैभरि जागै बसी
    मेरो सुसार गर्नुभयो ।
    बिहान सबेरै उठ्न नसक्दा
    घरको गालीमा पर्नुभयो ।।

    मेरासामु ती गाली नि
    आशीर्वादसरह लाग्ने गर्‍यो ।
    मेरो सानो मुस्कानले
    सबै थकान मार्ने गर्‍यो ।।

    मेलामा दिएको खाजा पनि
    नखाई मलाई ल्याइदिनुभयो ।
    म बिरामी परेको बेला
    डक्टर नर्स भइदिनुभयो ।।

    लाखौँ दुखकष्ट सही
    बिनाखोट हुर्काउनुभयो ।
    लाखौँमा एक मेरी छोरी भनी
    सदाबहार मलाई फुर्काउनुभयो ।।

    स्कुलमा भर्ना गरी
    दुईचार अक्षर चिनाउनुभयो ।
    सामाजिक संस्कार सिकाउन
    सँगसँगै हिँडाउनुभयो ।।

    हजुरले थाहै नपाई
    म त ठुली भएकी थिएँ ।
    पहिलोपटक रजस्वला भएर
    तल्तिर लुक्न गएकी थिएँ ।।

    जब हजुरलाई थाहा भयो
    आँशुका धारा बगाउनुभयो ।
    त्यो अवस्थामा गर्नुपर्ने काम
    सम्पूर्ण मलाई सघाउनुभयो ।।

    अनि धेरै ढिला नगरी
    विवाह गरिदिनुभयो ।
    सुखसयल मलाई दिई
    दुःख आफै लिनुभयो ।।

    टाढा भइस् भनी भनी
    दिनरात रुनुभयो ।
    रोग नै पत्ता नलागी
    अकालमा स्मृतिमा पुग्नुभयो ।।

    सकिनँ मैले अटाउन कापीमा
    हजुरको महिमा बयान गरी ।
    हजुरको सम्झनाले निदमा
    झझल्किन्छु घरी घरी ।।

    पछुताउछु आमा म आज
    हजुरलाई केही गर्न पाइनँ भनी ।
    यदि अर्को जुनी छ भने फर्की आउनू
    मेरी सुन्दर प्यारी आमा बनी ।।

    मङ्गलबार, साउन ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.