• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सरुवा रोग र अन्धविश्वास


  •   बिहिबार, बैशाख १८, २०७७ मा प्रकाशित
  • रामबहादुर बुढा

    Advertisement

    रोग सर्ने र नसर्ने दुई प्रकारका हुन्छन् । सरुवा रोग दुई प्रकारले सर्दछ: ब्याक्टेरिया र भाइरसबाट । यो लेखमा सरुवा रोग र अन्धविश्वासका सम्बन्धमा सामान्य रूपमा चर्चा गरिने छ । क्यान्सर, मधुमेह, रक्तचाप, हृदयघात, मस्तिष्कघात, दम, बाथलगायत नसर्ने रोग हुन भने एड्स, हैजा, आउँ, रुघाखोकी, टाइफाइड, टिबी, मलेरिया, डेगु, बिफरलगायत सरुवा रोग हुन।

    सरुवा रोग

    क्षयरोग (टिबी): औषधि नबन्दासम्म यसले सतायो । ब्याक्टेरियाबाट लाग्ने यो रोग औषधि बनेपछि निको पार्न सजिलो त भएको छ तर हरेक वर्ष यसले हजारौं मनिसको ज्यान लिइरहेको छ ।

    एडसः यस रोगले लाखौँ मानिसको ज्यान लियो । यस रोगले बिमारीको शरीरको रोग प्रतिरोधात्मक क्षमता ह्रास गराइदिन्छ । अहिले रोग प्रतिरोधात्मक शक्ति बढाउने औषधि बनेपछि एड्सको समस्यामा कमी आएको छ । तर निर्मूल भइसकेको छैन।

    प्लेगः आजको इटली भएको ठाउँ प्राचीनकालको एथेन्स राज्य थियो । ईपू ४३० मा महामारी प्लेग रोग फैलिएर शक्तिशाली एथेन्स कमजोर भएको थियो । त्यतिबेला ७५ हजारदेखि १ लाखसम्म मानिसको मृत्यु भएको विश्वास गरिन्छ । त्यतिबेलै एथेन्सको स्पार्टासित युद्ध भयो र एथेन्सले हार्नुपरेको थियो ।

    प्लेगः सन् १३४७–५१ मा युरोपमा प्लेग फैलिएर केही करोड मानिस मरेका थिए । त्यसलाई ब्लेक डेथ भनिएको थियो । बिरामीलाई अलग राख्न भनिन्थ्यो । रोग फैलिन नदिने उपाय भनेको चेन तोड्ने नै एक मात्र उपाय मानिन्थ्यो उति बेला पनि ।

    स्पेनिस फ्लूः प्रथम विश्वयुद्ध उत्कर्षमा पुगेको थियो । सन् १९१८ मा अमेरिकी सेनामा स्पेनिस फ्लू देखा प-यो । त्यो भाइरस अमेरिकी सेनाको बिचमा फैलियो । त्यहाँबाट सङ्क्रमण भएर जर्मनी, बेलायती सेनामा फैलियो । ती सेना मार्फत् विश्वभरि फैलिँदै गयो । विश्वभरिका करिब ५० करोड जनतामा भाइरस स्पेनिस फ्लू फैलियो र करिब ५ करोड मानिसको मृत्यु भयो ।

    भारतमा मात्र करिब १ करोड ४० लाख मानिसको मृत्यु भएको थियो । विश्वयुद्धले बर्बाद बनाएको मानव संसारलाई भाइरसले चोटमाथि चोट थपेको थियो । आज कोरोना भाइरस सङ्क्रमणका बेला सङ्क्रमणबाट जोगिन जे भनिन्छ, त्यति बेला एक सय वर्षपहिले पनि अमेरिकाबाट प्रकाशित हुने पत्रिका मार्फत् ठिक तिनै कुरा प्रचार गरिन्थ्यो । बिरामीलाई आइसोलेसनमा राख्ने, पटक पटक हात धुनुपर्ने, दुरी कायम गर्नुपर्ने, घरबाहिर निस्कदा मास्क प्रयोग गर्नुपर्नेलगायतका सूचना प्रकाशित गरिएको थियो ।

    बिफर/प्लेगः यी रोग दश हजार वर्षभन्दा पहिले विश्वमा हिमयुग आएको थियो । अहिलेको अमेरिकाको अलास्का टापु र रुसबिचको बेरिङ सागर हिउँले ढाकेको थियो । समुन्द्रमाथि जमेको हिउँको बाटो भएर रुसबाट मानिस अलास्का हुँदै अमेरिका पुगेका थिए भन्ने विश्वास गरिन्छ । तिनीहरू अमेरिकाका आदिवासी बने । हुन त सन् १४९२ मा इटालीका क्रिस्टोफस कोलम्बस युरोपबाट अमेरिका पुगेका थिए । त्यसपछि मानिस युरोपका विभिन्न देशबाट अमेरिका पुगे । उनीहरूले बिफर, हैजा, प्लेगजस्ता कैयौँ प्राणघातक सरुवा रोग पनि लिएर गए ।

    सरुवा रोगले कैयौँ अमेरिकी आदिवासी मरे। अमेरिका कसले कब्जा गर्ने भन्ने होडबाजी युरोपका साम्राज्यवादीका बिचमा धेरै वर्षसम्म चलिरह्यो । हत्याहिंसा गरेर धेरै आदिवासीलाई उनीहरूले समाप्त पारे र उनीहरूले युरोपबाट लिएर गएको सरुवा रोगले पनि धेरै आदिवासीलाई सखाप पारेको थियो ।

    हैजाः वि.सं. १९९० मा नेपालमा ठुलो भुइँचालो गएको साल सरुवा रोग हैजाको प्रकोप पनि फैलिएको थियो । कैयौँ मानिस गाउँबाट जङ्गलतिर भागेर पनि ज्यान बचाएका थिए । यस्ता हैजा रोग नेपालमा पनि धेरै पटक आयो र धेरैको ज्यान खायो।

    बर्ड फ्लूः यो भाइरस सुरुमा सन् १९७८ मा पन्छी र १९९७ मा सुँगुरमा भेटिएको थियो । सन २००६ मा र त्यसपछि पनि नेपालमा कुखुरामा यो भाइरस देखिने गरेको छ ।

    इबोलाः सन् २०१४ मा गिनी, लाइबेरिया, सियरालियोन, नाइजेरियालगायतका पश्चिम अफ्रिकी मुलुकमा यो भाइरस फैलिएको थियो । त्यति बेला विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य सङ्कटकाल घोषणा गरेको थियो ।

    स्वाइन फ्लूः यो भाइरस सन् २००९ मा मेक्सिकोको वेराक्रुज इलाकाको सँगुर फारमबाट उत्पत्ति भएको थियो । धेरै देशलाई यसले असर गरेको थियो ।

    कोरोना भाइरसः सन् २००३ मा कोरोना वर्गको सार्स भाइरस दक्षिण चीनको गोआङदोङ प्रान्तबाट फैलिएर करिब ३० देशलाई असर गरेको थियो । सन् २०१२ मा साउदी अरेबियाबाट फैलिएको कोरोना वर्गको मर्स भाइरसले विश्वका कैयौँ मानिसको ज्यान लिएको थियो । कोभिड–१९ (कोरोनो भाइरस), जसले अहिले संसारलाई आकुलव्याकुल बनाइरहेको छ । यससम्बन्धी विज्ञले बताएअनुसार यसभन्दा पहिलेका सार्स प्रथम, मर्स दोस्रो र यो तेस्रो रूप कोभिड–१९ हो ।

    माथिको सङ्क्षिप्त विवरणबाट सरुवा रोगको महामारीले यसभन्दा पहिले पनि मानव समाजलाई ठुलाठुला बिपत्तिमा पारेको थाहा हुन्छ ।

    अन्धविश्वास
    गाई, भैँसी, कुकुर, भेडा, बाख्राजस्ता पशु चेतन प्राणी हुन् तर तिनीहरू ईश्वर, राक्षस, स्वर्ग र नर्कजस्ता भ्रममा हँुदैनन । तिनीहरूले त्यस्ता भ्रमपूर्ण चिज सोच्न र कल्पना गर्न सक्दैनन् । मानिस सबैभन्दा चेतनशील प्राणी भइकन पनि हजारौँ वर्षदेखि अनेकौँ भ्रम र धार्मिक अन्धविश्वासमा बाँच्दै आएको छ । सबैभन्दा चेतनशील सबैभन्दा भ्रमित।

    मानिसले कस्ता कस्ता अन्धविश्वास पालिरहेको छ भन्ने खोज्दै जाने हो भने हजारौँ उदाहरण समाजमा पाउने छौँ । हिन्दु समाजमा चन्द्रमालाई ग्रहण लाग्यो भने “छोड चमार” छोड भन्दै टिन, थाली जे छन्, ठटाउँदै कराउने, हाहा र होहो गर्ने गर्दछन् । चन्द्रमाले पृथ्वीलाई घुम्छ र पृथ्वीले सूर्यलाई घुम्छ । सूर्यको किरण चन्द्रमामा परेपछि हामीले चन्द्रमा उज्यालो देख्छौँ । तर पृथ्वी र चन्द्रमा घुम्दै जाँदा सूर्य र चन्द्रमाको बिचमा पृथ्वी पर्न आउँछ । चन्द्रमामा पुग्नुपर्ने सूर्यको किरणलाई कहिलेकाही पृथ्वीले केही समय छेकिदिन्छ र चन्द्रमामा कालो धब्बा लागेको देखिन्छ । चन्द्रमामा कालो धब्बा लाग्नुमा सार्की वा चमारको कुनै दोष छैन । तर दोष दिइन्छ । यो अन्धविश्वास हो र जातीय अपमान पनि ।

    तराईको केही ठाउँमा खेतीपाती गर्ने बेलामा वर्षात् भएन अर्थात् खडेरी प-यो भने भ्यागुताको विवाह गर्ने चलन छ । भागुताको विवाहले वर्षात् हुने हैन । नेपालमा हिउँदमा पश्चिमको अरबियन सागरबाट उठेको मनसुन र वर्षा याममा पूर्वको बङ्गालको खाडीबाट उठेको मनसुनबाट पानी पर्दछ । मनसुन आउन ढिलो हुँदा खडेरी परेको हो । खडेरी परेमा “हर हर महादेव, पानी देऊ” भनेर आकाशतिर पानी फाल्ने चलन पनि छ । पहाडमा पहिरो गयो भने समुद्रको पानी छर्कने हो भने पहिरो रोकिन्छ भन्ने अर्को भ्रम छ । पहाडमा जमिन कमजोर भएकाले, भारी वर्षात् भएकाले वा अरू प्राकृतिक कारणले पहिरो जान्छ । समुद्रको पानी छर्किएर पहिरो रोकिँदैन । केही वर्षपहिले आकाशमा लामपुच्छ्रे तारा देखा पर्दै छ भनेर वैज्ञानिकले बताए । क्रिस्चियन धर्मको एउटा सम्प्रदायले त्यो लामपुच्छ्रे  तारा आकाशमा देखिएको बेला त्यसलाई हेर्दै आत्महत्या गर्ने हो भने स्वर्ग गइन्छ भन्ने हल्ला चलायो र २५ जनाले लामपुच्छ्रे तारा हेर्दै आत्महत्या गरे । शुद्र र दलितले छोएको खानु हुँदैन र महिलाको महिनावारी भएलो बेला कसैसित छोइनु हुँदैन । किनभने त्यसबेला उनीहरू अपवित्र भएका हुन्छन भन्ने अर्को भ्रम छ ।

    समाजमा यसै पनि कैयौं अन्धविश्वासले घर जमाएर बसेका हुन्छन् । बिपत्तिका बेलामा झन् अनेकौँ रूढीवादी र अन्धविश्वासपूर्ण चिज देखा पर्दछन् । जब कोरोना भाइरसको समस्या देखा प-यो, संसारका विभिन्न धर्मगुरुले ईश्वरको प्राथना गरेमा भाइरसबाट बच्न सकिन्छ भनेर अफवाह फैलाए । हामी मुसलमानले अल्लाहलाई विश्वास नगरे कसले विश्वास गर्ला ? हामीलाई अल्लाहले बचाउँछन्, मास्क लगाउनुपर्ने वा अन्य कुनै सुरक्षाको काम गर्नै पर्दैन । यदि मरिएछ भने पनि अल्लाहको इच्छाले नै स्वर्ग गइने छ । यो पाराले मुल्लाहले इस्लाम धर्मका अनुयायीलाई प्रशिक्षण गर्ने काम गरे ।

    मार्च २३, २०२० मा प्रहरी प्रशासनले उनीहरूलाई जमघट नहुन भन्दाभन्दै पनि तबलिगी जमातको ठुलो जमघट दिल्लीमा भयो । भारतीय प्रहरी–प्रशासनले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रण गर्न नपाउँदै धेरै सहभागी विभिन्न ठाउँमा पुगे । उनीहरूको भेलामा कोरोना सङ्क्रमित रहेछन् । जताततै उनीहरूले सङ्क्रमण फैलाउने काम गरे ।

    भारतीय अतिहिन्दुवादीले हिन्दुस्तानलाई ध्वस्त पार्नका लागि जानीबुझी तबलिगी जमातीलाई प्रयोग गरेको बताएका छन् । त्यो भनाइमा कति सत्यता छ ? हामी अहिले नै भन्न सक्दैनौँ । तर यो घटनाबाट अन्धविश्वास निकै घातक हुन्छ भन्ने कुरा प्रष्ट देखियो । नेपालमा हिन्दु अनुयायीले कोरोनाबाट बचाऊ भन्दै पशुपतिनाथ र देवीदेवता पुकार्ने काम गरे । क्रिस्चियन पादरीले प्रभुको प्राथना गरेर कोरोना सङ्कटबाट जोगिन अनुयायीलाई अर्ति दिइरहेका छन् ।

    नेपालका विभिन्न ठाउँमा घरको अगाडिको आँगन खनेर त्यहाँबाट निस्कने कालो माटोको टिका लगाएमा कोरोना लाग्दैन, बत्ति बाल्ने, शङ्खघन्ट बजाउने गरेमा कोरोना लाग्दैन वा कोरोना भाग्दछ भन्ने प्रचार गरेको भेटियो र कैयौँ मानिस लहलहैमा घरको आँगन खनेको पनि पाइयो । अचम्मको कुरा त के भयो भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत चैत्र २३ (अप्रिल ५, २०२०) गते बेलुकी ९ बजे सबैले बिजुलीबत्ति निभाएर टुकी, लालटिन, मोबाइलको लाइट बाल्ने द्वीप प्रज्ज्वलन कार्यक्रम राखेका थिए । त्यसका लागि सबै भारतीय जनतालाई आह्वान गरेका थिए ।

    उनको द्वीप प्रज्ज्वलन कार्यक्रम नेपालका लागि थिएन । कैयाँै ठाउँ र शहरमा मोदीको बत्ती बाल्ने कार्यक्रम नेपालमा पनि सम्पन्न भयो । पशुपतिका पुजारीले भनेकाले नेपालमा पनि द्वीप प्रज्ज्वलन गर्नुपरेको भनेको पनि सुनियो । पशुपतिका मूल पुजारी भारतीय हुने भएकाले मोदीको कार्यक्रमलाई सफल पार्न भनेका पनि हुन सक्दछन् । भने वा भनेनन ? जे होस्, नेपालको आफ्नो कुनै घोषित कार्यक्रम बिना भारतको घोषित कार्यक्रममा नेपालका ठुलाठुला शहर अन्धकार बनाएर द्वीप प्रज्ज्वलन गर्नुले नेपालीहरू कति धेरै हल्लाका पछाडि हिँड्दा रहेछौँ र पराश्रित मानसिकताका पनि बनिसकेका रहेछाँै कि भनेर सोच्नुपर्ने बनाएको छ यो घटनाले ।

    मानिसलाई लकडाउनमा राख्न भारतमा प्रहरीले अनेकौँ विधि अपनायो । लकडाउनको नियम उल्लङ्घन गर्नेलाई प्रहरीले सार्वजनिक चोकमा उठबस गराउने, कुखुरा बनाउने, अब गल्ती गर्दैन भनेर प्रतिबद्धता जाहेर गर्न लगाउने, राष्ट्रियगान गाउन लगाउने र लाठीचार्जसम्म ग-यो । प्रहरीले टाउकामा दुई सिङ भएको डरलाग्दो आकृतिमा यमराजको रूपधारण गरेर चोकचोकमा माइकिङ ग-यो– “मै हुँ यमराज, कोरोना मेरा दूत”, “सब लोग रहो अन्दर, न आओ बाहर, बाहर आए तो यमराजका घर” ।

    भारतमा मोदीको द्वीप प्रज्ज्वलन होस् वा प्रहरीको यमराजको अभिनय जनतामा अन्तर्निहित धार्मिक भावना, अझ स्पष्ट शब्दमा भन्दा धार्मिक अन्धविश्वासलाई प्रयोग गरेर लकडाउन सफल पार्न खोजेको देखियो । भाइरस सङ्क्रमणलाई रोक्न जनतामा प्रगतिशील/वैज्ञानिक चेतनाको प्रचार र विकास गराउनु आवश्यक थियो र छ । भाजपाजस्तो धार्मिक अन्धराष्ट्रवादी पृष्ठभूमिबाट आएको पार्टीको सरकारबाट त्यो सम्भव छैन । भारतीय समाज त्यसै पनि धार्मिक अन्धविश्वासले ग्रसित छ । भाजपा सरकारले कोरोना सङ्कटलाई प्रयोग गरेर जनतामा अझ बढी धार्मिक अन्धविश्वासको भावना बढाउने काम गरेको छ ।

    आन्दोलनका बेला ब्ल्याकआउट, थाली ठटाउने, द्वीप प्रज्ज्वलनजस्ता विभिन्न प्रकृतिका कार्यक्रम सञ्चालन गरिन्छ । समस्याको विरुद्धमा भावनात्मक एकता प्रदर्शन गर्न त्यस खालका कार्यक्रम भौतिकवादी वा अन्धविश्वास विरोधीले पनि गर्दछन । आशावादी बनाउन वा उज्यालो भविष्यको सङ्केतस्वरूप द्वीप प्रज्ज्वलन, गरिबी, भोकमरी, जनजीविकाको समस्यालाई विरोध गर्न थाली प्रदर्शन वा थाली ठटाउने कार्यक्रम राख्न सकिन्छ । थाली ठटाउने, द्वीप प्रज्ज्वलन गर्ने कार्यक्रम आफैमा गलत हैन ।

    यहाँ भन्न खोजिएको कतिसम्म हो भने ती कार्यक्रमलाई धार्मिक अन्धविश्वाससित जोड्नु गलत हो । जस्तै कि नेपालका कतिपय पहाडी भेगका गाउँमा हाको र हाक हाल्ने काम गरियो र भारतमा प्रहरीले यमराजको अभिनय गरेर कोरोना सङ्क्रमण विरुद्ध प्रचार गर्ने काम गरे । हाको र प्रहरीको अभिनय दुबै प्रचार प्रसारको विधि थियो । हाको परम्परागत सूचना विधिको प्रयोग थियो र प्रहरीको यमराजको अभिनय जनताको धार्मिक अन्धविश्वासको उपयोग थियो ।

    सङ्कटका बेला अन्धविश्वास र भ्रम फैलाउनु भनेको सामाजिक अपराध हो । यस्तो सङ्कटका बेलामा चेतनास्तर कमजोर भएका मानिसको बिचमा पृथ्वी ध्वस्त हुँदैछ भनेर त्रास फैलाउने वा अन्य प्रकारका भ्रम फैलाउने काम पनि हुने गरेका छन् । त्यस प्रकारका अपराध गर्नेलाई कानुनी कारबाही गरेर जनतामा सकारात्मक सन्देश दिन जरुरी छ । सम्पूर्ण सञ्चार माध्यमले रोग फैलिनुको वैज्ञानिक कारण प्रचार गर्दै सरुवा रोग सङ्क्रमण रोक्न चेतना जगाउने काम गर्नुपर्दछ ।

    जनतालाई त्रसित बनाउने हैन, प्रगतिशील विचारको आधारमा जनतालाई सतर्क बनाउनुपर्दछ । रोग सङ्क्रमणबाट जोगिन अनुशासित बन्न सक्नुपर्दछ । लेखक, साहित्यकार, कलाकार र बुद्धिजीवीले समाजमा सत्य, साँचो सूचना, विचार र सन्देश प्रवाह गरिरहनुपर्दछ । राजनीतिक दल, सङ्घसङ्स्था, सरकारका सबै निकायले अन्धविश्वासलाई निरुत्साहित र सत्य कुरालाई स्थापित गर्न हरसम्भव प्रयत्न गर्नुपर्दछ । कोरोना भाइरसको समस्या कहिलेसम्म रहन्छ ? चीनले वुहानमा कोरोना नियन्त्रण गर्न करिब चार महिना लाग्यो । नियन्त्रण भएर दोहोरिन पनि सक्छ भन्ने विज्ञको भनाइ छ ।

    यो लेख लेख्दासम्म पचास जनाभन्दा बढी विदेशमा नेपालीको मृत्यु भएको खबर छ तर नेपालमा अझैसम्म कोरोनाबाट मरेको रिपोर्ट छैन । यद्यपि पचासभन्दा बढीलाई रोग सरेको र केही सञ्चो भएर पनि घर फर्किएको समाचार छ । हाम्रो एकता, अनुशासन, धैर्यता र आपसी सहयोगबाट कोरोना सङ्कटलाई परास्त गर्न सकिने छ । सही सूचनाको भर परौं । गलत अफवाहको पछि नलागौँ । अन्धविश्वासलाई निरुत्साहित गरौँ ।

    बिहिबार, बैशाख १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.