दीप गोले तामाङ ##
Advertisement
—१—
फलेको वृक्ष नुगेर
हुने विरुवाको चिल्लोपात
बढ्छ अघि झुकेर।
—२—
विवादले द्वन्द्व चल्दछ
दुष्टलाई अब फलेर
भविष्य मार्ग खुल्दछ ।
—३—
नेपाल चिनाउने सगरमाथा
विदेशीसामु लम्पसार
खै पुर्खाको गाथा ।
—४—
उठ्न दिन्न भारतले
भिख माग्ने कहिलेसम्म
देश बन्छ राहतले ।
—५—
समाज बन्छ साम्यको
हिँड वर्गीय लडाइँमा
निसाफ हुन्छ मूल्यको ।
—६—
बदल्छौँ विश्व हामीले
क्रान्तिको उभार ल्याउने छौँ
साथ दिए तिमीले ।
—७—
बनाउनुछ हामी जगत्
भगेर हुन्न यहाँबाट
दिनुछ एकथोपा रगत ।

