काठमाडौं । शुक्रबार बिहान त्रिशूलीमा खसेका दुईवटा यात्रुबाहक बसमध्ये एउटामा रहेका यात्रुको पहिचान खुलेको छ ।
वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको एञ्जल डिलक्स प्रालिको बस नं. प्र०३००६ ख १५१६ मा पर्साका १७ जना नेपाली र ७ जना भारतीय नागरिक रहेको पाइएको छ।
नारायणगढ—मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान पहिरोले उक्त बस बगाएको थियो ।

एञ्जल डिलक्स वीरगञ्ज काउन्टरका बुकङ इन्चार्ज प्रेम साह कानूका अनुसार यात्रुहरू पर्साको रंगपुरबाट ९ जना, वीरगञ्ज बसपार्कबाट भारतीय र नेपाली गरी १२ जना, १ जना सवारी चालक २ जना सहचालक गरी २४ जना चढेका थिए ।
चालक वीरगञ्ज नगवा निवासी हुन् भने अन्यको बारेमा जनाकारी लिने कार्य हुँदै गरेको कानूले बताए।
यता, काठमाडौँबाट गौर जाँदै गरेको गणपति डिलक्स पनि पहिरोमा बगेको छ।
काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स लेखिएको बागमती प्रदेश ०३(०० १ ख २४९५ नम्बरको बसमा ४१ यात्रु रहेको बताइएपनि थप विवरण आउन सकेको छैन ।
यी दुवै बस आज बिहान ३ः३० बजे नारायणगढ—मुग्लिन सडकको सिमलतालमा पहिरोले त्रिशूलीमा पुर्याएको थियो ।
यी हुन् एन्जल डिलक्सका यात्रु
