• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

संसदबाट विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड, राजमोले विपक्षमा मतदान गर्ने


  •   शुक्रबार, असार २९, २०८१ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (शुक्रबार) विश्वासको मत लिँदै छन्। यसका लागि अहिले बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दै छ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतदान गर्ने भएको छ । प्रतिनिधि सभामा राजमोको तर्फबाट अध्यक्ष चित्रबहादुर केसी हुनुहुन्छ ।

    प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको राजमोले अब बन्ने नयाँ सरकारले लिने नीतिका आधारमा समर्थन वा विरोध गर्ने महासचिव मनोज भट्टले जानकारी दिनुभयो ।

    महासचिव भट्टले युगदर्शनसँग भन्नुभयो, ‘अब बन्ने नयाँ सरकार संविधानको कुन धारा अनुसार बन्छ, कस कसका बिचमा गठबन्धन हुन्छ र सरकारले कस्तो नीति तय गर्छ त्यसका आधारमा हामीले समर्थन वा विरोध गर्छौं ।’

    अब बन्ने सरकार संविधानको धारा ७६(२) अनुसार बन्ने आकलन भएपनि ७६(३) अन्तर्गत बन्ने चर्चासमेत रहेको उहाँले बताउनुभयो । ७६(२) अन्तर्गत संसदमा बहुमतका आधारमा प्रधानमन्त्री नियुक्त हुने प्रावधान छ ।

    त्यसअनुसार एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने चर्चा छ ।

    धारा ७६(३) अनुसार संसदको सबैभन्दा ठूलो दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने प्रावधान अन्तर्गत कांग्रेस सभापति शेरबहादुर देउवा पनि प्रधानमन्त्री बन्ने पनि कतिपयले औँल्याएका छन् । यद्यपी जुन धारा अन्तर्गत नयाँ प्रधानमन्त्री नियुक्त भएपनि सर्वोच्च अदालतमा मुद्दा पर्ने संकेत देखिएको छ।

    राष्ट्रिय जनमोर्चाले यी सबै सम्भावना हेरेर नयाँ सरकारबारे धारणा बनाउने राजमो महासचिव भट्टले युगदर्शनसँगको कुराकानीमा स्पष्ट पार्नुभएको छ ।

    संसदका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच गठबन्धन भएर एमाले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि अल्पतमा परेका प्रधानमन्त्री प्रचण्डले पुनः संसद्‌बाट विश्वासको मत लिन लागेका हुन्।

    संसदका दुई ठूला दलसहित अन्य केही साना दल विपक्षमा मतदान गर्ने भएपछि प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत नपाउने स्पष्ट छ ।

    २७५ सदस्यीय प्रतिनिधि सभामा विश्वास मत पाउन बहुमत १३८ सांसदले पक्षमा मतदान गर्नुपर्छ। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

    प्रधानमन्त्री प्रचण्डका पक्षमा आफ्नो पार्टी माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१ र नेकपा एकीकृत साजवादीका १० गरी ६३ मत मात्रै छ।

    नयाँ गठबन्धन बनाएका नेपाली कांग्रेस र नेकपा एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्विप जारी गरिसकेका छन्।

    राप्रपा, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाललगायतले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेका छन्।

    प्रधानमन्त्री प्रचण्ड विश्वासको मतमा फेल हुनेबित्तिकै कांग्रेस–एमालेले संविधानको धारा ७६ (२) अनुसार आजै नयाँ सरकारको दाबी पेस गर्ने तयारी गरेका छन्।

    शुक्रबार, असार २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.