• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

ढोरपाटनमा पहिरोले घर पुरियो, फोहोरले भरियो करिडोर


  •   बिहिबार, असार २८, २०८१ मा प्रकाशित
  • ढोरपाटन (बागलुङ) । वर्षाका कारण पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ ।

    Advertisement

    बागलुङ नगरपालिका–७ तितौरेमा गए राति पहिरोमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।

    शर्मा घरमा एक्लै बस्दै आउनुभएको बागलुङ–७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिनुभयो । बिहीबार बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।

    लोकमार्ग अवरुद्ध

    भारी वर्षाको कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको काठेखोला गाउँपालिका–६ बयलडाँडामा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो ।

    पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोटसहित विभिन्न स्थानमा सञ्चालन हुने यातायाता ठप्प हुँदा यात्रु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

    त्यस्तै, बुधबार साँझदेखि परेको पानीले बागलुङ बजार जलमग्न भएको छ । लोकमार्गदेखि आएको भलले बागलुङ बजार जलमग्न भएको हो । बजारको सडक ठाउँठाउँमा भत्किनुका साथै व्यापारीका पसलमा भल बस्दा लाखौँको क्षति भएको बताइएको छ ।

    फोहोरले भरियो कोरिडोर

    यसैबिच, बागलुङ बजारको डम्पिङसाइटको पर्खाल भत्किँदा कालीगण्डकी कोरिडोर दुर्गन्धित बनेको छ । अविरल वर्षाका कारण बागलुङ–१ स्थित काठेखोला तिरमा रहेको पहिरोको पर्खाल भत्किँदा फोहोरले कोरिडोर पुरिएको हो । कोरिडोर पुरिएपछि मेसिन लगाएर फोहोर हटाए पनि यात्रा असहज बनेको छ ।

    फोहोरको डङ्गुरले भरिएपछि थेग्न नसक्दा पखाल भत्किएको हो । पर्खाल भत्किँदा फोहोरको थुप्रो काठेखोलामा पुगेको छ । सडकमा भएको फोहोरलाई डोजरले हटाएको थियो ।

    जिल्लाको दक्षिण क्षेत्रको मुख्य नाकासँग चीन र भारत जोड्ने सडकका रुपमा रहेको कोरिडोर फोहोरको दुर्गन्धले गर्दा यात्रु नाक छोपेर हिँड्न बाध्य छन् । बागलुङ बजारको फोहोरलाई अन्तै व्यवस्थापन गर्नुपर्ने आवाज उठ्दै आए पनि सुनुवाइ भएको छैन् ।

    सडक दुर्गन्धित हुँदा यात्रु बिरामीसमेत पर्ने गाडी चालक वीरबहादुर पुनले बताउनुभयो । दैनिक यो सडक भएर हजारौँ यात्रु ओहोरदोहोर गर्ने भन्दै नगरपालिकाले नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेको उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो– ‘पर्खाल हुँदा फोहोरको दुर्गन्ध कम आउँथ्यो । यात्रुले नाकमुख छोडेर हिँड्न सक्ने स्थिति थियो । अहिले त डम्पिङ गरेको सबै फोहोर सडकमा आएपछि यात्रा गर्ने सकिँदैन । दिनदिनै हजारौँ मान्छे हिँड्ने ठाउँमा यस्तो फोहोरको डङ्गुर छ । सरकारले यसको व्यवस्थापन सही रूपमा गर्नुपर्छ । कोरिडोर राम्रो बन्यो भने त यहाँ धेरै भारतीय र चिनियाँ पर्यटक हिँड्छन् । यसले त राम्रो सन्देश दिँदैन ।’

    जैमिनी नगरपालिका–२ का प्रेमनाथ सापकोटाले कामले दैनिक बागलुङ बजार आउनुपर्ने यही सडक भएर यात्रा गर्दा बिरामी पर्ने गरेको बताउनुभयो । बागलुङ नगरपालिका–१०, १२, १३, १४ वडासहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका हजारौँ नागरिक दैनिक कोरिडोर हुँदै यात्रा गर्ने भन्दै अहिले पहिरोको नजिकै पुग्दा धेरैले बान्ता गर्ने गरेको सुनाउनुभयो ।

    मर्मत गरिने नगरपालिकाको दावी

    बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले वर्षाको डम्पिङसाडको पर्खाल केही दिनमै मर्मत गर्ने बताउनुभयो । पर्खालसँग कोरिडोर जोडिएको र छेउबाट काठेखोलाले बगाइरहेको हुँदा सडकको मापदण्ड छोडेर वर्षा रोकिएपछि पर्खाल लगाउने काम सुरु हुने उहाँको भनाइ छ ।

    यो ठाउँमा फोहोर व्यवस्थापन गर्न उचित नभएको धेरैतिरबाट सुझाव आएको भन्दै व्यवस्थित स्थानमा डम्पिङसाइट निर्माण गर्ने योजना रहेको उपप्रमुख खड्काले बताउनुभयो ।

    ‘पर्खाल भत्किएपछि फोहोर सडकमा पुगेको छ । त्यसलाई हटाएर अहिले यातायात सञ्चालन गरेका छौँ । पहिरोको दीर्घकालीन व्यवस्थापनका लागि बागलुङ, बेनी र कुश्मा नगरपालिका मिलेर एउटै ल्यान्डफिल साइट निर्माण गर्ने गरी छलफल पनि भएको छ’ उहाँले भन्नुभयो– ‘तत्कालका लागि काठेखोला बगाउँदा सडक साँघुरो भएको छ । त्यसको मापदण्ड छोडेर पर्खाल लगाउँछौँ ।’ (रासस)

    बिहिबार, असार २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.