काठमाडौँ । अखिल नेपाल महिला सङ्घ लेकबेसी नगर समितिकी सदस्य गौमती थापाको निधन भएको छ ।
Advertisement
सुर्खेतको लेकबेसी–२ निवासी गौमतीको जन्डिस रोगका कारण २०८१ असार २१ गते शुक्रबार काठमाडौँस्थित टिचिङ अस्पतालमा निधन भएको हो ।
अखिल नेपाल जनजाति सम्मेलनका केन्द्र्रीय उपाध्यक्ष मोहन थापाकी पत्नीसमेत रहेकी गौमतीको यसअघि बाँकेको कोहलपुरमा एक हप्ताभन्दा बढी उपचार भएको थियो । असार २० गते काठमाडौँ ल्याइएपछि उपचारकै क्रममा टिचिङ अस्पतालमा उहाँको निधन भएको थियो ।
उहाँको शव आजै सुर्खेत लगिएको छ । परिवारका अनुसार भोलि सुर्खेतमै उहाँको दाहसंस्कार गरिने भएको छ ।
२०२५ मङ्सिर ९ गते जन्मनुभएकी स्मृतिशेष गौमती र मोहन दम्पत्तिका दुई छोरा र १ छोरी रहेका छन् ।