भक्त विश्वकर्मा ##
Advertisement
कि छोडिदेऊ कम्युनिस्टका उधारो गफ लगाउन ।
कि छोडिदेऊ पुँजीवादको अवसर मात्र पचाउन ।१।
भ्रष्टाचारको कमाइबाट तीन पुस्ता पुर्याउँदै छौ पैसा ।
किन लागिरहेका छौ तिमी स्वार्थको खोलो बगाउन ।२।
सत्ता र स्वार्थमा जे पनि गर्न सक्ने तिमी नालायक ।
किन सक्दैनौँ जनताको दुःख अनि गरिबी भगाउन ।३।
नरपिचास बन्ने काम अब बन्द गर नेतागण महोदय ।
जुट्दै छन वीरहरू तिम्रा कर्तुतबारे जनता जगाउन ।४।
अत्याचारको सीमा नागेपछि निमुखाहरू जागेपछि ।
समय लाग्ने छैन देशद्रोहीलाई चिहानमै पुर्याउन ।५।