काठमाडौं । नेपाल प्रहरीले लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
आईतवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले पत्रकार सम्मेलन गर्दै वचतकर्ताहरुको वचत ठगी गरेको आरोपमा लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सानुराम भट्टराईले ललितपुरमा लालीगुराँस सहकारी संस्था खोली सर्वसाधरणलाई आकर्षक ब्याज दिने आशा देखाई वचतकर्ताको निक्षेप अपचलन गरी ठगी गरेको आरोपमा संस्थाका अध्यक्षसहित अन्य चार जनालाई काठमाडौंबाट पक्राउ गरिएको बताए ।
उनले पक्राउ पर्नेहरुमा लाली गुराँस सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ, सहकारीका कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी,सहकारीका कोषाध्यक्ष अमृतकुमार अर्याल र सहकारीका सञ्चालक सदस्य कदमबाबा जोशी प्रधानलाई पक्राउ गरिएको बताए । प्रमुख भट्टराईले लालीगुराँस सहकारी संस्थाका सञ्चालक र लेखासमिति बिरुद्ध ३ करोड रकम ठगी गरेको जाहेरी परेको जानकारी दिए ।
उनले लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित पदाधिकारीमा माथि गत चैत ९ गते जिल्ला पहरी परिसरमा ठगी सम्बन्धी कसुरमा मुर्दा भएको बताए ।
Advertisement