भरतपुर । चितवनमा राष्ट्रिय जनमोर्चाले सङ्घीयता र भ्रष्टाचारको विरुद्धमा सभा सम्पन्न गरेको छ ।
Advertisement
राजमो चितवनको आयोजनामा २०८१ असार १४ गते शुक्रबार सो सभा सम्पन्न भएको हो ।
सभालाई राजमो केन्द्रीय सदस्य डम्मर पुरीले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुभएको थियो ।
सो अवसरमा सम्बोधन गर्दै उहाँले राजमो सङ्घीयता खारेजी तथा भ्रष्टाचारको विरुद्ध निरन्तर आन्दोलनमा रहेको जानकारी दिनुभयो ।
सभालाई अर्का राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना, नेकपा (मसाल) चितवनका प्रवक्ता भविश्वर शर्माले पनि सम्बोधन गर्नुभएको थियो ।
राजमो चितवनका अध्यक्ष अमरबहादुर क्षेत्रीको अध्यक्षता तथा नारायण चालिसेको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा पदमप्रसाद वाग्लेले उपस्थित जनसमुदायलाई स्वागत गर्नुभएको थियो ।
