दिनेश रैदास, दाङ
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले संघीयता असफल भैसकेको बताउनु भएको छ ।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीले संघीयता र भ्रष्टाचारका विरुद्ध आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै २०८१ साल असार १४ गते शुक्रबारका दिन उहाँले यस्तो करा बताउनु भएको हो ।
स्वीजरल्याण्डको सपना बाँडेर नेपाललाइै इथोपिया र सुडान बनाउन लागेको कुरा बताउँदै देश संघीयताका कारण आर्थिक रुपमा टाँट पल्टेको कुरा बताउनु भयो ।
आचार्यले अब जनताले कर तिरेर मन्त्री र मुख्यमन्त्री पाल्न नसक्ने कुरा गर्दै संघीयताको खारेज गर्नुपर्ने कुरामा जोड दिनु भयो ।
अर्क्रो प्रसङ्गमा भ्रष्टाचारका कारण अन्तर्राष्ट्रिय रुपमा नेपालको सिर झुकेको कुरा गर्दै संस्थागत र नितिगत भ्रष्टाचारका कारण देश आर्थिक रुपमा कङ्गाल भएको कुरा बताउनु भयो ।
देशको बजेट वैदेशिक अनुदान र ऋणमा बनायर त्यसैमा भ्रष्टाचार गर्न ¥र्याल चुहाउने सासक रहँदासम्म देशको अवस्थामा सुधार नहुने कुरा उहाँको भनाई थियो । उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य कमला जिसी, अखिल नेपाल किसान महासंघ जिल्ला अध्यक्ष ऋषिराम पौडेल, अखिल नेपाल जनजाति सम्मेलनका पूर्व केन्द्रीय सदस्य रामबहादुर जिएमले मन्तव्य राख्नु भएको थियोे
कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा जिल्ला सचिव बसन्त पौडेलले गर्नु भएको थियोे ।

