काठमाडौं । सहकारी सम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले ९ वटा सहकारीको कागजात माग गर्ने निर्णय गरेको छ। समितिको बुधबार बसेको छैठौं बैठकले यस्तो निर्णय गरेको हो ।
Advertisement
समितिले विभिन्न सहकारीबाट रवि लामिछाने जोडिएको गोर्खा मिडिया नेटवर्क प्रालिलगायतमा प्रवाह भएको रकमको कागजात उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको सभापति सूर्यबहादुर थापाले जानकारी दिए।
समितिले आइडियल यमुना बहुउद्देश्यीय सहकारी, इमेज, सहारा, समानता, सानो पाइला, सुप्रिम, सूर्यदर्शन, सुमेरू र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको कागजात मगाएको हो।
सिमितले सहकारीहरुको साधारण सभाको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षणको प्रतिवेदन र वित्तीय विवरण मागेको हो।