काठमाडौं । भारतमा कोरोना संक्रमणका कारण आइतबार बिहानसम्म ८ सय २५ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म कोरोना संक्रमितको संख्या २६ हजार २ सय ८३ पुगेको छ ।
Advertisement
शनिबार एकै दिन १८ सय भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । शनिबार भारतमा १८ सय ३६ जना कोरोनाका नयाँ संक्रमित थपिएका वर्ल्डओमिटरले जनाएको छ ।
शनिबार मात्रै भारतमा यसको संक्रमणबाट ४५ जनाले ज्यान गुमाएका छन्। शुक्रबार त्यहाँ ५९ जनाले ज्यान गुमाएका थिए । संक्रमितमध्ये ५ हजार ९ सय ३९ जना उपचारपछि निको भएका छन् ।
कोरोना संक्रमण नियन्त्रण गर्न भारतमा एक महिनादेखि लकडाउन छ। गत मार्च २५ देखि सुरु भएको लकडाउन मे ३ सम्म जारी रहने घोषणा सरकारले गरेको छ ।
भारतमा सबैभन्दा बढी महाराष्ट्रमा कोरोना संक्रमण फैलिएको छ । त्यसपछि राजधानी नयाँ दिल्ली कोरोना संक्रमणबाट प्रभावित छ ।