• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

मसालले फेरि दोहोर्‍यायोः सीमामा अलपत्र नेपालीलाई स्वदेश आउन देउ, शहरबाट गाउँ जान देउ


  •   आइतबार, बैशाख १४, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले भारतीय सीमा क्षेत्रमा अलपत्र नेपालीहरुलाई स्वदेश आउन दिन सरकारलाई दबाब दिएको छ । सीमामा अलपत्र नेपालीलाई देशभित्र आउन र काठमाडौंलगायत शहरी क्षेत्रमा रहेका तर घर जान चाहनेहरुलाई जान दिन लगातार जोड दिँदै आएको मसालले सरकारसँग पुनः माग गरेको छ ।

    Advertisement

    आइतबार प्रवक्ता रामप्रकाश पुरीले प्रेशित गर्नुभएको वक्तव्यमा अब विदेशमा रहेका लाखौं नेपाली क्रमशः स्वदेश फर्कने अवस्था आएकोले उनीहरुको लागि देशभित्रै उचित व्यवस्थापन गर्ने गरी दिर्घकालिन योजना बनाउन आग्रह गरिएको छ । तत्कालका लागि भारतबाहेक विदेशमा रहेका नेपालीहरुको उचित व्यवस्थापनका लागि सम्बन्धित देशहरुसँग कूटनीतिक पहल गर्न पनि मसालले जोड दिएको छ ।

    वक्तव्यमा भनिएको छः ‘कोरना भाइरसको अवस्थामा विदेशस्थित नेपालीहरु वा भारतीय सीमा र नेपालभित्र बिभिन्न स्थानहरुमा रोकिएर बसेका नेपालीहरुबारे पार्टीको नीति स्पष्ट गर्नका लागि यो वक्तव्य जारी गरिएको छ ।

    १. कोरना भाइरसको आतंक, विश्वव्यापी आर्थिक मन्दीका कारणले रोजगारीको अवसरमा कमी र कैयौं देशका सरकारहरुको अप्रवासीहरुलाई देशबाट निकाल्ने समेत नीतिहरुका कारणले भारत वा विदेशस्थित लाखौं नेपालीहरु नेपालमा फर्केर आउने कुरा निश्चित छ ।

    २. तत्काल सम्बन्धित देशहरुका सरकारहरुसित पहलकदमी गरेर विश्व स्वास्थ्यसंगठनको प्रोटोकल अनुसार विदेशमा नेपालीहरु जहाँ छन् त्यहीँ व्यवस्था गर्न जोड दिने नीति अपनाउनुपर्दछ । तर अहिलेको लकडाउन अनिश्चित कालसम्म रहने छैन र त्यसपछि नेपालीहरु आफ्नो देशमा फर्कने क्रम बढेर जाने छ ।

    ३. त्यसरी नेपाल आउने नेपालीहरुको व्यवस्थापन वा रोजगारीका लागि सरकारले दीर्घकालीन योजना बनाउनुपर्दछ । त्यसप्रकारको योजना खास गरेर कृषिको उत्पादन र उद्योगधन्दाको विकासका लागि बनाउनुपर्दछ ।

    ४. तर विदेशस्थित नेपालीहरुबारे दीर्घकालीन रुपमा त्यसप्रकारको नीति अपनाए पनि अहिले भारतीय सीमामा रोकिएर बसेका नेपालीहरुलाई तुरुन्त नेपाल ल्याउने व्यवस्था गर्नुपर्छ । ५ नं. पद्रेशमा त्यो कामको थालनी भएको छ र अन्यत्र पनि त्यो काम गरिनुपर्दछ ।

    ५. राजधानी वा अन्य स्थानहरुमा रोकिएका नेपालीहरुलाई आफ्नो गाउँघरमा जानका लागि आवश्यक व्यवस्था गरिनुपर्दछ । भारतीय सीमामा वा नेपालमा बिभिन्न स्थानमा रोकिएका नेपालीहरुलाई कडाइपूर्वक स्वास्थ्य जाँच गरेर कोरना भाइरस पोजिटिभ देखिएकाहरुलाई क्वारेन्टिनमा राख्ने र अरुलाई होम क्वारेन्टिनमा राख्ने व्यवस्था गरिनुपर्दछ ।

    ६. खाडीका देशहरुका बिभिन्न सरकारहरुले करिब एकलाख नेपालीहरुलाई त्यहाँबाट निकाल्ने दबाव दिएको जानकारी त्यहाँका नेपाली राजदूतावासहरुद्वारा थाहा भएको छ । त्यसबारे सरकारले ठोस नीति अपनाउनु आवश्यक छ ।’

    आइतबार, बैशाख १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.