• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

युग दर्शनलाई शुभकामना

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

राष्ट्रिय मानव अधिकार आयोगको ठहरः कोरोना परीक्षणमा आरडीटी भरपर्दो देखिएन


  •   शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्नका लागि भरपर्दो र तीव्र स्वास्थ्य परीक्षणमा ध्यान दिन आग्रह गरेको छ ।

    Advertisement

    आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा आरडीटी परीक्षण संख्यात्मक रुपले पीसीआरभन्दा बढी भएता पनि अन्य देशको अनुभवले पनि आरडीटी प्रविधि भरपर्दो नभएको तथा पीसीआर प्रविधिको परीक्षणपछि मात्र वास्तविक संक्रमित भए नभएको यकीन हुने हुँदा पीसीआर परीक्षण र कण्ट्याक्ट ट्रेसिङलाई तीव्रता दिन आग्रह गरिएको छ ।

    संक्रमितको संख्या बढ्दै गएको परिस्थितिमा संक्रमितको परीक्षण कतिपय स्थानमा सुचारुरुपमा हुन नसकी न्यून संख्यामा र विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि भएको लकडाउनका बाबजुत केही दिन यता उदयपुरलगायतका जिल्लाका समुदायमा संक्रमण फैलिएकाले थप सतर्कता अपनाउनुपर्ने अवस्था सिर्जना भएको जनाएको छ ।

    कोरोना रोकथामका लागि सामाजिक दूरी नै प्रमुख आधार भएता पनि लकडाउनको पूर्णरुपमा पालना नभएको आयोगको केन्द्र, प्रदेश र जिल्लास्तरका अनुगमन समितिको अनुगमनबाट देखिएको आयोगले जनाएको छ ।

    काठमाडौं उपत्यका र विभिन्न शहरबाट मानिस भीडभाड गरी गन्तव्यतर्फ लाग्नु, तराईका कतिपय जिल्लामा भीडभाडयुक्त हाटबजार यथावत सुचारु हुुनु, निश्चित समय खुल्ने गरेका खाद्यान्न पसलमा पनि मानिसको भीड लागि एकापसको दूरी कायम हुन नसकेकोजस्ता स्थितिले सङ्क्रमणको जोखिम थप बढ्न जाने देखिन्छ । आयोगले भीडभाड नगरी एकापसमा सतर्कतापूर्वक दूरी कायम गरी लकडाउनको पालना गर्न/गराउन आयोगले सरोकारवालालाई सबैलाई अपिल गरेको छ ।

    महामारीको स्थिति दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा अस्पतालमा पर्याप्त मात्रामा भेण्टिलेटर, आइसोलेसन वार्ड, पिपिआर, आवश्यक औषधिलगायतको अभाव हुन सक्नेतर्फ विचार गरी सोको पर्याप्त व्यवस्था गर्न आयोगले आग्रह गरेको छ ।

    लकडाउनको अवधिमा राहत वितरणमा देखिएका समस्याको उचित व्यवस्थापन गर्न, अपाङ्गता, अशक्त, गर्भवती, ज्येष्ठ नागरिक, बालबालिका, कैदीबन्दी, सुकुम्बासी तथा अतिविपन्न वर्गका लागि राहतमा विशेष ध्यान पु-याउन, लकडाउनको अवधिमा बढ्दै गएका महिला हिंसाको न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न आयोगले आग्रह गरेको छ ।

    त्यस्तै, क्वारेन्टिनभित्रको व्यवस्थापनलाई थप व्यवस्थित गर्न तथा सीमानामा आई लामो समयदेखि क्वारेण्टाइनमा बसेका नागरिकको सम्बन्धमा सर्वोच्च अदालतको अन्तरिम आदेश पालना गरी मानव अधिकारको सम्मान, संरक्षण र परिपूर्तिका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच आवश्यक समन्वय हुनसमेत आयोगले आग्रह गरेको छ ।

    शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर
    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो
    एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस
    ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता
    ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास
    फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • २.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • ३.
      एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

    • ४.
      ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

    • ५.
      ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

    • ६.
      फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

    • ७.
      युग दर्शनलाई शुभकामना

    • ८.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.