• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सरकारलाई समर्थन गर्नुको अर्थ गलत कदमको पनि समर्थन होइनः केसी


  •   शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बर्तमान सरकारले एक पछि अर्को गलत कदम चाल्दै गएको बताउनुभएको छ । शुक्रबार वक्तव्य प्रकाशित गरी केसीले सरकारलाई समर्थन गर्नुको अर्थ उसका गलत क्रियाकलापको पनि समर्थन नरहेको स्पष्ट पार्नुभएको छ ।

    Advertisement

    भ्रष्टारीहरुलाई कारबाही गर्न अनिच्छा देखाउनु, पार्टी निर्णय लत्याउनु, लकडाउनमा अलपत्र नेपालीलाई वेवास्ता गर्नु तथा पछिल्लो समयमा अनावश्यक खालका अध्यादेश ल्याउनु लगायतका क्रियाकलापले सरकारप्रति जनविश्वास घट्दै गएको केसीको ठहर छ । हालै सरकारले ल्याएका दल विभाजन र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता गरेर सरकारले आफ्नो गल्ती सच्याएको पनि उहाँले बताउनुभएको छ ।

    यस्तै, उहाँले लकडाउनलाई खुकुलो पार्न र लकडाउनका कारण समस्यामा परेका जनतालाई राहत एवं सम्बन्धित स्थानमा पुर्याइदिन तथा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन पनि आग्रह गर्नुभएको छ ।

    यस्तो छ, वक्तव्यः
    १ं) देशमा गणतन्त्र आएको धेरै भए पनि गणतन्त्रमाथि खतरा छ र त्यसको रक्षाको लागि हामीले जोड दिंदै आएका छौँ । गत आम चुनावमा पनि नेकपा (एमाले) र नेकपा (माअ‍ेवादी केन्द्र) को गणतन्त्र तथा धर्म निरपेक्षताको पक्षमा उनीहरुको अडानलाई विचार गरेर नै हामीले तिनीहरुको चुनावी मोर्चासँग नै चुनावमा तालमेल गर्ने नीति अपनाएका थियौँ । अहिले पनि हामीले नेकपा (नेकपा) सरकारलाई समर्थन गरेका छौँ ।

    यसको अर्थ उनीहरुलाई निशर्त वा उनीहरुले गरेका गलत कामको लागि पनि समर्थन गर्ने भन्ने होइन । हामीले सरकारका गलत कार्य, नीति वा कार्यशैलीका बारेमा विरोध गर्दै आएका छौँ । दल विभाजन सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेशहरु गलत भएकाले तिनलाई फिर्ता गर्न माग गरेका थियौँ । अहिले ती दुवै अध्यादेशहरु फिर्ता गर्ने सरकारले निर्णय गरेको छ । त्यसलाई हामीले सही ठान्दछौं ।

    २) ओली वा उनको सरकारले अपनाएका कतिपय नीति र कार्यशैली ठिक छैनन् । उक्त अध्यादेशहरु जारी गर्ने सवाल, गुठी विधेयक, बामदेवलाई राष्ट्रिय सभामा लाने विषयमा आफ्नो पार्टीको सचिवालयको निर्णय अस्वीकार गर्ने, सेक्युरीटि प्रिन्टिङि प्रेस सम्बन्धी भ्रष्टाचार काण्ड वा अहिले कोरोना भाइरसको लागि सामग्री खरिद प्रक्रिया आदिमा ओली वा उनको सरकारले अपनाएका नीति वा कार्यशैली गलत छन् । अनेक भ्रष्टाचारका घटना उजागर भएका छन् ।

    तर भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले अनदेखा गरिरहेको छ । यतिमात्र होइन विकास निर्माण वा जनताको सेवा सुविधाका लागि अपेक्षित काम गर्न नसक्दा जनताको विरोध बढेर गएको छ । त्यस क्रममा गणतन्त्रप्रति पनि असन्तोष बढेर प्रतिगामी शक्तिलाई मद्दत पुग्ने छ । त्यसैले सरकारले आफ्ना गलत नीति, कार्य र कार्यशैली सुधार गर्नुपर्ने गम्भीर आवश्यकता छ ।

    ३) भारतीय सीमामा अलपत्र परेका, असंगठित क्षेत्र वा रोजगारी बन्द भएर विभिन्न ठाउँमा रोकिएका मजदुर वा अन्य व्यक्ति र राहत नपुगेको लक्षित वर्गमा राहत पुराउन वा उनीहरुको समस्या समाधान गर्न हामीले बारम्बार सरकारको ध्यान आकर्षण गराएका छौँ । ती काममा सरकारको ध्यान गएको छैन वा ती समस्याहरु समाधान गर्न सकेको छैन । यति सामान्य कुरामा पनि विचार नपुराउनु वा काम गर्न नसक्नु सरकारको लापरबाही हो ।

    ४) देशमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनले पनि यस सम्बन्धमा हेलचेक्र्याई नगर्न सावधान गराउँदै आएको छ । अमेरिका सहित युरोपका कैयन देशहरुमा कोरोनाले ल्याएको भयानक स्थितिप्रति ध्यान दिंदा हामीले लकडाउनको समय बढाउन पर्छ । यसको साथै कतिपय आवश्यक क्षेत्र वा सामाजिक दूरी कायम गर्दै काम गर्न सकिने क्षेत्रमा लकडाउन खुकुलो बनाउनु पर्छ । अन्य सबै क्षेत्रमा लकडाउनलाई कडा र प्रभावकारी बनाउन पर्दछ । उपचारका काममा पनि यथेष्ट ध्यान दिनु पर्छ ।

    ५) कोरोना संक्रमणलाई रोकथाम गर्न, उपचार गर्न र लकडाउन प्रभावकारी बनाउन राजनीतिक, प्रशासनिक, स्वास्थ्य, सुरक्षा अन्तर्राष्ट्रिय सम्बन्ध, स्थानीय निकायलाई एकताबद्ध र सशक्त परिचालन गर्नुपर्ने आवश्यकता छ । स्थानीय तहमा पनि लक्षित समुदायमा राहत सामाग्री नपुगेको वा त्यहाँ पनि अनियमितता भएका समाचारहरु आएका छन् । त्यसैले सबै राजनीतिक दलका प्रतिनिधि सहित परिचालन गरेर काम गर्नुपर्ने आवश्यकता छ ।

    शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.