• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

महासङ्घ सदस्यता विवादमा आन्दोलन, अदालत र सहकार्यतर्फ लाग्दै प्रगतिशील


  •   आइतबार, असार १०, २०८१ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घ सदस्यता विवादमा आन्दोलन, अदालत र सहकार्यतर्फ लाग्ने भएको छ ।

    Advertisement

    नेपाल पत्रकार महासङ्घको वर्तमान नेतृत्व आफ्नै विधान, सुर्खेत साधारणसभा र जेठ २० गतेको लिखित सहमतिको विरुद्ध गएपछि प्रगतिशीलले सङ्घर्षको तीनओटै मोर्चा खोल्ने भएको हो ।

    प्रगतिशीलका अध्यक्ष श्यामलाल पोखरेलको हस्ताक्षरमा २०८१ असार ९ गते आइतबार जारी प्रेसवक्तव्यमा यस सम्बन्धमा जानकारी दिइएको छ ।

    असार ७ गते राती जारी नामावलीमा आफ्नो सङ्गठनसम्बद्ध क्रियाशील पत्रकारको सदस्यता खारेज गरिएको, नयाँ पत्रकारलाई सदस्यता नदिइएको र स्थानान्तरण विवाद टुङ्गो नलगाइएको भन्दै भन्दै प्रगतिशीलले यो समस्या समाधान नगरिए चुनाव सम्पन्न नहुने दाबी गरेको छ ।

    प्युठान, कपिलवस्तु, बागलुङ, दाङ, बाँके, अर्घाखाँची, काठमाडौँ, कालीकोटलगायतका जिल्लामा प्रगतिशीलसम्बद्ध क्रियाशील पत्रकारप्रति आस्थाको आधारमा भेदभाव गरिएको सङ्घको ठहर छ ।

    त्यस्तै, सङ्घले सदस्यता नामावलीको विवाद टुङ्गो नलगाई निर्वाचन गर्ने महासङ्घको तालिकाको पनि विरोध गरेको छ ।

    यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :

    “प्रगतिशील पत्रकार सङ्घ, नेपालको २०८१ असार ८ गते सम्पन्न केन्द्रीय समिति बैठकले नेपाल पत्रकार महासङ्घद्वारा जारी सदस्यता नामावली र निर्वाचन तालिकाको सम्बन्धमा गरेको निर्णयबारे जानकारी दिन यो प्रेसविज्ञप्ति सार्जजनिक गरिएको छ ।

    १. हाम्रो सङ्गठनले पत्रकार महासङ्घको सुर्खेत साधारणसभाको निर्णयअनुसार सदस्यता शुद्धीकरण हुनुपर्ने धारणा राख्दै आएको छ । महासङ्घलाई क्रियाशील श्रमजीवी पत्रकारको सङ्गठन बनाउन शुद्धीकरण आवश्यक रहेको धारणा हामीले व्यक्त गर्दै आएका छौँ । हामी यो धारणामा अहिले पनि अडिग छौँ ।

    २. सदस्यता शुद्धीकरणको सन्दर्भमा आस्थाकै आधारमा हाम्रो सङ्गठनसम्बद्ध क्रियाशील पत्रकारको सदस्यता खारेज गरिएको, नयाँ पत्रकारलाई सदस्यता नदिइएको र स्थानान्तरणको विषयलाई अझै समेटिएको छैन । यस्तो गलत नीतिको विरोध गर्दै हामीले गत जेठ १५ गते महासङ्घको केन्द्रीय कार्यालयमा ताल्चा लगाएका थियौँ । जेठ २० गते हाम्रो सङ्गठन, समाजवादी प्रेस सङ्गठन र प्रेस मञ्च तथा महासङ्घका अध्यक्ष र महासचिवको हस्ताक्षरमा सदस्यता शुद्धीकरण, नयाँ सदस्यता र स्थानान्तरणसम्बन्धी विषय समाधान गर्ने लिखित सहमति भएसँगै ताल्चा खोलिएको थियो । त्यसपछि महासङ्घको सत्ताइसौँ महाधिवेशनले गठन गरेको तीन सदस्यीय अध्यक्षमण्डलसामु पनि हाम्रो सङ्गठनले सदस्यता शुद्धीकरणसम्बन्धी आफ्नो धारणा प्रष्ट रूपमा राखेको थियो ।

    ३. महासङ्घले घोषणा गरेको जेठ २६ गतेको मितिमा निर्वाचन त भएन नै, त्यस अवधिभित्र सदस्यता नामावलीसमेत सार्वजनिक भएन । असार ७ गते राती सदस्यता नामावली सार्वजनिक गर्दै असार २२ गते निर्वाचनको नयाँ मिति घोषणा गरियो तर सदस्यता शुद्धीकरणको सवालमा महासङ्घले जेठ २० गतेको लिखित सहमति पालना गरेन । अहिलेको सदस्यता नामावलीमा पनि हाम्रो सङ्गठनसम्बद्ध क्रियाशील पत्रकारको सदस्यता खारेज गर्ने, नयाँ क्रियाशील पत्रकारलाई सदस्यता नदिने र स्थानान्तरणको विषय सम्बोधन नगरेको समस्या यथावत् छ । प्युठान, कपिलवस्तु, बागलुङ, दाङ, बाँके, अर्घाखाँची, काठमाडौँ, कालीकोटलगायतका जिल्लामा हाम्रो सङ्गठनसम्बद्ध क्रियाशील पत्रकारको सदस्यता खारेज गरिएको छ† नयाँ पत्रकारलाई सदस्यता दिइएको छैन र स्थानान्तरणको विषय सम्बोधन गरिएको छैन ।

    ४. महासङ्घको विधानले सदस्यतासम्बन्धी सम्पूर्ण कार्यक्रम निर्वाचनभन्दा छ महिनाअघि सम्पन्न गर्नुपर्ने तथा व्यवस्था गरेको छ । त्यस्तै, शुद्धीकरण अभियान चलाउँदै महासङ्घलाई क्रियाशील श्रमजीवी पत्रकारको सङ्गठन बनाउने लक्ष्य लिइएको छ । महासङ्घको वर्तमान नेतृत्व यी दुवै प्रावधानको विरुद्ध गएको प्रष्ट छ । त्यस्तै, महासङ्घले सदस्यता नामावली टुङ्गो नलगाइकनै निर्वाचनको जुन मिति सार्वजनिक गरेको छ, त्यो पनि गलत तरिका हो र यसरी कायम गरिएको मिति हाम्रा लागि मान्य छैन ।

    ५. महासङ्घले सदस्यता शुद्धीकरणको सवालमा अपनाएको यस खालको भेदभावपूर्ण रवैयाको हाम्रो सङ्गठन कडा शब्दमा विरोध गर्दछ । सम्पूर्ण क्रियाशील श्रमजीवी पत्रकारको सदस्यताको ग्यारेन्टी नगरिकन चुनाव हुन्छ भने त्यसबाट महासङ्घ आफ्नै म्यान्डेट विरुद्ध गएको प्रमाणित हुने छ । यसरी महासङ्घ गैरपत्रकारको सङ्गठन बन्न पुग्ने छ । त्यसैले हाम्रो सङ्गठन महासङ्घको यस खालको रवैयाको विरुद्ध तत्कालै आन्दोलनमा जाने घोषणा गर्दछ । आन्दोलनकै रूपमा हाम्रो सङ्गठन कानुनी उपचारमा पनि जाने छ । एवम् प्रकारले क्रियाशील श्रमजीवी पत्रकारको सदस्यता विवादमा समान धारणा भएका अन्य सङ्गठनसित वार्ता, संवाद र सहकार्य पनि सँगसँगै अघि बढाउने छ ।

    ६. अन्तमा हामी दुःखका साथ यो स्पष्ट पार्न चाहान्छौँ, आफ्नै म्यान्डेट विरुद्ध महासङ्घमा क्रियाशील श्रमजीवी पत्रकारको सदस्यता खारेज गरिएको, नयाँ क्रियाशील पत्रकारलाई सदस्यता नदिइएको र स्थानान्तरण टुङ्गो नलगाइएको स्थितिमा निर्वाचन अनिश्चित हुने जुन परिस्थिति कायम भएको छ, त्यसको जवाफदेही महासङ्घकै वर्तमान नेतृत्व हो । महासङ्घको विधान र निर्णयअनुसार सदस्यता नामावली जारी गर्दै शीघ्र निर्वाचनको पक्षमा हाम्रो सङ्गठन तयार रहेको पनि स्पष्ट पार्न चाहान्छौँ ।”

    आइतबार, असार १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.