• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

राष्ट्रिय आवास कम्पनी घाटामा सञ्चालित


  •   शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित
  • काठमाडौँ । सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनी लिमिटेड विगत पाँच वर्षदेखि अधिकांश वर्ष घाटामा सञ्चालन भएको छ ।

    Advertisement

    कम्पनीको आज सम्पन्न १६औँ वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा रु २६ लाख ८६ हजार खुद नाफा गरेको थियो भने आव २०७६७७ मा रु दुई करोड ६५ लाख नोक्सान व्यहोरेको थियो ।

    त्यस्तै आव २०७७/७८ मा रु ३० लाख ४५ हजार खुद नाफा कमाएको कम्पनीले आव २०७८/७९ मा रु चार करोड ३१ लाख नोक्सान व्यहोरेको प्रतिवेदनमा उल्लेख छ । कम्पनीले आव २०७९/८० मा रु ८४ लाख आठ हजार नोक्सान व्यहोरेको थियो ।

    साधारणसभामा कम्पनीका अध्यक्ष सन्दिपकुमार मिश्रले हाल कम्पनीको फुटकर जग्गा बिक्री कार्य सञ्चालन भएको जानकारी दिनुभयो । उहाँले जग्गा धनी दर्ता प्रमाण पुर्जा भएको जग्गामा स्थानीय तहसँग सामन्वय गरी आवासीय कार्यक्रम सञ्चालन गरी भविष्यमा कम्पनी नाफामा सञ्चालन भई सञ्चित नाफासमेत हुने विश्वास लिइएको बताउनुभयो ।

    कम्पनीका सदस्य सचिव एवं महाप्रबन्धक रामकृष्ण निरौलाले कम्पनीका कामकारबाही र नीतिगत तथा संरचनागत चुनौतीका बारेमा जानकारी गराउनुभयो । उहाँले अवरोधका रुपमा देखिएका केही समस्या समाधान गर्न सरोकार भएका निकायको समन्वय र सहयोग भएमा कम्पनी आम्दानीको राम्रो स्रोत बन्ने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा सञ्चालक समिति सदस्य तथा शेयर सदस्य प्रतिनिधि सरेन्द्रप्रसाद अधिकारीले सधैँ घाटामा सञ्चालन हुने कम्पनीलाई नाफामा लैजान नीतिगत र संरचनागत सुधार गर्न सुझाव दिनुभयो । उहाँले सधैँ घाटामा मात्र सञ्चालन हुने हो भने त्यस संस्थालाई सरकारले औचित्यका दृष्टिकोणले विघटन गर्नसक्ने बताउनुभयो ।

    शेयर प्रतिनिधि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकोतर्फबाट मनुका न्यौपानेले कुनै पनि संस्थाको दिगोपन जनताको अपनत्व र हितसँग सम्बन्धित रहेको उल्लेख गर्दै कम्पनीको शेयर सर्वसाधारणलाई प्रदान गर्न आवश्यक व्यवस्था गर्न सुझाव दिनुभयो ।

    विसं २०४६ देखि सञ्चालित ग्रामीण आवास कम्पनी २०६९ सालदेखि राष्ट्रिय आवास कम्पनीको दैवीप्रकोप पीडित असहाय र आश्रयविहीन परिवारका लागि देशका विभिन्न भागमा सम्बन्धित निकायबाट साधन लिइ आवासको व्यवस्था गर्ने उद्देश्य रहेको छ ।

    साथै योजनाबद्ध बस्ती विकास गर्ने, गरिबीको रेखामुनि रहेका तथा आफ्नो घडेरी नभएका परिवारलाई वित्तीय साधन जुटाइ आवासको व्यवस्था गर्ने, कुनै योजना सञ्चालन गर्दा विस्थापित हुने परिवारलाई आयोजना सञ्चालन गर्ने निकायबाट आवश्यक रकम लिइ पुनःस्थापनाको व्यवस्था मिलाउनेलगायत उद्देश्य कम्पनीको रहेको छ ।

    शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.