काठमाडौं । राष्ट्रिय जनमोर्चाका पूर्व महासचिव हरि आचार्यलाई पुत्रीशोक परेको छ।
Advertisement
आचार्यकी छोरी मुना आचार्य (गौतम) को ४१ वर्षको उमेरमा असार ४ गते राति निधन भएको छ ।
बाँकेको कोहलपुर नगरपालिका–११ चप्परगौडी घर भएकी मुना केही समययता अस्वस्थ थिइन् ।
उनको आज कोहलपुरस्थित स्थानीय घाटमा अन्त्येष्टि गरिएको छ ।
मृतकका एक छोरा र एक छोरी छन् ।
