दाङ । राष्ट्रिय जनमोर्चाका समर्थक रबिन ढकाल ४३ वर्षको अल्पायुमै अस्ताउनुभएको छ ।
Advertisement
मुटु रोगबाट पीडित रबिनको काठमाडौँस्थित सहिद गङ्गालाल हृदयरोग अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
राजमो बाँकेका उपाध्यक्ष जगदीश ढकालका भाइ रबिन दाङको तुलसीपुर–११ बेल्टाकुरामा बस्दै आउनुभएको थियो ।
२०३८ साल कात्तिक ११ गते जन्मनुभएका रबिनको गत २०८१ जेठ २९ गते निधन भएको थियो ।
रबिनको परिवारमा पत्नीसहित एक छोरी रहेका छन् ।