काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख ९हाल निलम्बित० भरत कुमार थापासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले नगरप्रमुख थापासहित नगर उपप्रमुख लीला कुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति, सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध मुद्दा दायर गरेको हो।
उनीहरूविरुद्ध ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा विगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
उनीहरूमाथि बागमती नगरपालिका वडा नं. ४ र १२ मा अवस्थित बागमती माछा पोखरी प्रथम ९भरत ताल० निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, वालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको आरोप छ।