• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कोरोना महामारीः राज्यले आफ्ना नागरिक चिनोस्


  •   बिहिबार, बैशाख ११, २०७७ मा प्रकाशित
  • अनिलकिशोर घिमिरे

    Advertisement

    तिब्र प्रतिस्पर्धाको होडबाजीमा एउटा रफ्तारमा दौडिरहेको मान्छेको जिन्दगीको यात्रालाई कोरोना भाइरसले टक्क अडाइदिएको छ । यसले संसारका सबै वर्गहरुलाई एउटै सतहमा उभ्याइदिएको छ । डब्लुएचओको स्वास्थ्य सुबिधा सूचीमा पहिलो र दोस्रो स्थानमा पर्ने क्रमशः फ्रान्स र इटलीदेखि १५०औं स्थानमा पर्ने नेपालसम्म कोरोनाले प्रभावित पारेको छ । मन्दिरका ठूलाठूला भजनकिर्तन र पूजाआजा रोकिएका छन्, सायद मन्दिरमा अहिले हिन्दुहरुका भगवान छैनन् । क्रिश्चियनका चर्चहरुमा प्रार्थना हुँदैन, सायद चर्चमा यशु आउन छोडे । मक्का मदिना मस्जिदहरु नमाजका लागी बन्द गरिएका छन्, सायद मस्जिदमा अल्लाह नाम नजपे पनि हुन्छ । विश्व रङ्गमन्चमा प्रभुत्वशाली मानिएका , खरबौं पैशा खर्च गरेर आणविक अस्त्र शस्त्र निर्माण गरेका, चिकित्सा बिज्ञानमा नाम कहलिएका थुप्रै मुलुकहरु अहिले रन्थनिएको अवस्था छ ।

    हामीलाई थाहा छ, हामी सबैले एकदिन यस धर्तिबाट अवकाश लिनुपर्छ तर कहिलेकाहीँ अप्रत्यासित घटना हुन्छन् र त्यस्ता घटनाहरुले मानवीय अस्तित्व नै संकटग्रस्त हुन्छ तब हाम्रो सोच चिन्तन र मनोबिज्ञानले ठूलो चुनौतीको सामना गर्नपर्ने हुन्छ । कोरोना महामारीको संकट सम्पूर्णरुपमा समाधान हुन केही वर्ष पनि लाग्ने अनुमानहरु हुन थालेका छन् । यदि त्यसो भयो भने त्यसले बिश्वको सामाजीक, आर्थिक संरचना सोंच र दृष्टिकोणमा कैयौं उथलपुथल ल्याउनेछ ।
    २०१९ डिसेम्वर ३१ मा चिनबाट शुरु भएको कोभिड १९ को सन्दर्भमा विश्व राजनीतिका खेलाडीहरु बिच कैयौं आरोप प्रत्यारोपहरु चले । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त यसलाइ चिनियाँ भाइरस वा वुहान भाइरस भनेर आरोप लगाए ।

    पहिले पहिलेका रोगहरुलाई पनि अफ्रिकी रोग र अफ्रिकाको छाला नै संक्रमण निम्ताउने प्रकारको छ भनेर आरोप खेपेको र नश्लियताको शिकार भएको कुरा नाइजेरियाका मानवअधिकारबादी लाओलु सेन्वान्जोले बताएका छन् । उनले भनेका छन् ‘कुनै रोगलाई कुनै क्षेत्र बिशेषका मानीससँग जोड्न शुरु गर्नासाथ एक अर्कालाई राष्ट्रियताको सानो परिचयमा खुम्चाउने र त्यसमार्फत मानवतालाई नामेट पार्ने बेइमान र खतरनाक प्रयास शुरु हुन्छ ।’ यसप्रकार अरुलाई दोषारोपण गरेर अमेरिका आफू मानव संवेदनामाथी खेल्ने प्रयत्न गरेको देखिन्छ । उसले जतिसुकै घमण्ड गरेपनि आज आफ्ना नागरिकहरुलाइ कोभिड १९ बाट जोगाउन हम्मेहम्मे परेको यथार्थता प्रस्ट देखिन्छ । उसले भनेजस्तो कुनैपनि रोगले गोरो कालो छाला वा अफ्रिकी, चिनियाँ वा एशियाली शरीर भन्दैन ।

    प्रार्थना गरेर जोगिने भए अमेरिकाको भर्जिनियास्थीत न्यू डेलिभिरेन्स इभान्जेलिस्टीक चर्चका पाष्टर बिशप जेरल्ड ग्लेनको मृत्यु हुने थिएन । यसले वर्ग हेर्ने भए स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु हुने थिएन ।यसै गरि कोरोनाको कारण फ्रान्सका पूर्व मन्त्री प्याट्रिक दुभेज्याको मृत्यु भएको छ । उत्तर इटलीको चेने नगरपालीकाका मेयर गोर्जीयो भ्यालोरी पनि बाँच्न सकेनन् । जर्मनीका अर्थमन्त्री थोमस स्याफरले कोरोनाकै चिन्ताले आत्महत्या गरे । स्पेनका २१ वर्षीय फुटबल कोंच फ्रान्सीस ग्रासियाको समेत ज्यान गयो । बेलायतका राजकुमार चाल्र्स , प्रधानमन्त्री वोरिस जोनसन र स्वास्थ्यमन्त्री हानककलाई कोरोना संक्रमण भयो ।

    यसभन्दा अगाडिका संक्रमण र महामारीबाट पनि ठूला घराना तथा शाषकहरु समेत प्रभावित भएका इतिहास पाइन्छन् । सन् १८३६मा विश्वकै सबभन्दा धनी ब्यक्ति नाथन रोथस्चाइल्ड मृत्यु संक्रमणबाट भएको थियो । १८४१मा अमेरिकी राष्ट्रपति विलियम ह्यारिसनको मृत्यु सेप्टिक सकका कारण भएको थियो । सन् १९१८ को जनवरीदेखि विश्वमा फैलिएको स्पेनीस फ्लुको महामारीले दक्षिण अफ्रिकाका प्रधानमन्त्री लुइस बोथा तथा स्विडेनका राजकुमारको मृत्यु भएको थियो । त्यतिबेला बेलायती प्रधानमन्त्री डेभिड लोयड जर्ज तत्कालीन अमेरिकी राष्ट्रपति र जर्मनीका राजा समेत संक्रमित भएको पाइन्छ । त्यो महामारीले विश्वभर ८ देखि १० करोड मान्छेको ज्यान गएको थियो भने भारतमा मात्रै १ करोड ७० लाखको मृत्यु भएको थियो । सो महामारीबाट महात्मा गान्धीका नाती र बुहारीको समेत मृत्यु भएको थियो । यसैगरि सन् १९४१मा अमेरिकी राष्ट्रपति केल्भिन कोलरिजका छोराको मृत्यु पनि संक्रमणबाटै भएको थियो ।

    अहिलेसम्म एचआइभी एड्सबाट रोग पहिचान भएको १९७६ देखि हालसम्म करिब ४ करोडको ज्यान गएको र ४ करोडनै संक्रमित भएको सामान्य तथ्याङ्क पाइन्छ । पछिल्लो एक सय वर्षमा फ्लुजन्य रोग (स्वाइन फ्लु, बर्ड फ्लु, एशियन फ्लु, इन्फ्लुन्जा¬) को संक्रमणबाट करिव ५ करोडको ज्यान गएको छ । प्लेग महामारीको कारण करिव १० करोडको ज्यान गएको पाइन्छ । जसलाइ चौधौ शताब्दीको ब्लेक डेथ पनि भनिन्छ । १८५२ र १९१० तिर हैजाको कारण विश्वमा करिव १ करोडको ज्यान गएको थियो । सन् २००२मा दक्षिण चीनबाट शुरु भएको सार्सले ३० मुलुकमा फैलिएर करिब ९ हजार मान्छेलाई संक्रमण गराइ ८१३ जनाको ज्यान लिएको थियो ।२०१२मा साउदी अरब बाट शुरु भएको मर्सले २७ मुलुकमा फैलिएर २५ सय ब्यक्तिलाई संक्रमित पार्दै ८५८ जनाको ज्यान लिएको थियो ।

    नेपालमा अहिलेसम्म ठूलै महामारीले प्रभाब पारेको १७७२ तिर हो । तीन सय वर्ष अगाडिको महामारी शिर्षकमा डा.महेशराज पन्त लेख्छन् –१७७२ चैत्रमा देखापरेको महामारीले गर्दा १८ हजार घरधुरी रहेको काठमाडौंका १८७१४ ब्यक्तिको मृत्यु भएको थियो । तत्कालीन राजा भाष्कर मल्ल पनि मरेका थिए । सायद त्यो प्लेग थियो । बाढी, पहिरो, भुकम्प, सडक तथा हवाइ दुर्घटना, सामुन्द्रीक आँधी जस्ता बिपत्तिबाट पनि बार्षिक लाखौं मान्छेको ज्यान गइरहेको हुन्छ । यी प्रकृतिका थुप्रै घटना परिघटनाहरुले मानिसलाइ यो सभ्यताको चरणसम्म आइपुग्न थुप्रै ब्यवहार र पाठहरु सिकाएको छ । अहिलेको कोभिड–१९ को संक्रमण अधिकांश देशमा फैलिसकेको छ । यसले अहिले सिंगो संसारलाई हल्लाइरहेको छ । कोरोना महामारीले नयाँ प्रबिधि, नयाँ आविश्कार र नयाँ ज्ञान तथा चेतनालाई चुनैति दिँदै आएकोले यसबाट पनि कैयौं नयाँ सोंच चिन्तन र ब्यवहारहरु श्रृजना हुनेछन् ।

    कोरोना महामारीबाट आजसम्म १ लाख ८४ हजार २३५ जनाको ज्यान गइसकेको छ भने २६ लाख ३७ हजार ८८८ जना संक्रमित भएका छन् । र ७ लाख १७ हजार ८१९ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म कोरोनाविरुद्धको औषधि पत्ता लागेको छैन । औषधि पत्ता लाग्ने र औषधि आम जनताको पहुँचमा पुग्नेबेलासम्म कति मानवीय क्षति हुने हो आंकलन गर्न सकिँदैन । यसको प्रकृति, गति, स्वरुप र आयु समेत अनिश्चित भइरहेको सन्दर्भमा यसले १५० वर्ष यताकै सर्बाधिक ठूलो आर्थिक मन्दि हुनसक्ने सर्बेक्षण अर्थबिदहरुले गरेका छन् । संसारभर उद्धार र राहतका कैयौं प्याकेजहरु आएपनि यसले धेरै समय धान्ने अवस्था आउँदैन । अव यसको संक्रमण बढ्दै गयो र बन्दाबन्दि जारी राख्ने स्थिति रह्यो भने उत्पादन चक्रमै संकट उत्पन्न भएर बिश्वब्यापी खाध सुरक्षाको संकट श्रृजना हुने खतरा विश्व स्वास्थ्य संगठनले नै औंल्याइसकेको छ । यसले गरिबी र असमानतालाई पनि झन् बढावा दिनेछ । अहिलेसम्म धनीहरु धन थुपार्न ब्यस्त र गरिवहरु अभाब र बेचैनिमा जीवन गुजार्न बाध्य भइरहेको पृष्ठभूमिमा यस महामारीले झन् आर्थिक अराजकता निर्माण गर्ने खतरा छ ।

    नेपालमा हालसम्म ४५ जना संक्रमित भएका छन् । ७ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म कोरोनाका कारण कसैको मृत्यु भएको छैन । यो हाम्रो लागी खुसीको कुरा हो कि हामीले सतर्कता अपनाउन प्रर्याप्त समय पाएका छौं । तर प्रर्याप्त समय भएपनि अब्यवस्थित राज्य, भ्रष्ट शाषक र प्रशासक, परनिर्भर मानसिकता आदी कारणले कोरोना संक्रमणको नियन्त्रणका कामहरु प्रभाबकारी बन्न सकिरहेका छैनन् । आफ्ना नागरिकहरुलाई सुरक्षीत गर्ने र ब्यवस्थापन गर्ने कामको लागी संसारमा राज्यहरुको निर्माण भएको हो । तर हाम्रो देशमा सरकारले प्रभाबकारी रुपमा देश बिदेशमा भएका नागरिकहरुको सुरक्षा र ब्यवस्थापन गर्ने काम गरिरहेको छैन । नेपालमा पहिलो संक्रमण देखिएको जनवरी २४ मा हो । त्यो बेलासम्म कोरोनाको संक्रमण चीन बाहिर फैलिसकेको थियो । त्यसपछिकोे करिव तीन महिनासम्म राज्य तहबाट सामान्य नियमित कार्य बाहेक युद्धस्तरमा कार्य गरेको देखिएन ।

    स्वास्थ्य परीक्षण सामाग्री खरिद प्रक्रियामा नै कैयौं ढिलासुस्ती गर्ने र अनियमितता भएका समाचारहरु आएका छन् । यस सन्दर्भमा पूर्व प्रधानन्यायधीस शुशिला कार्की लेख्छिन् –‘यो मुलुकमा केही यस्ता प्रकृतिका मान्छे रहेछन् जो कहिल्यै परिवर्तन हुन सकेनन् । तिनको संस्कारमा कुनै परिवर्तन आउन सकेन । राणाकाल होस् या पञ्चायत, कांग्रेसकाल वा अहिलेको बामपन्थी कालसम्म पनि राज्यको श्रोत दोहन मात्र गर्ने क्षमताधारी गज्जबका रहेछन् । यो बर्ग त यस मुलुकको कोरोना भन्दापनि बलियो, नमर्ने, नजल्ने, नगल्ने, नसेलाउने, नहराउने, नसड्ने भाइरस रहेछन् ।’ यसप्रकारले हेर्दा राज्यले आफू विश्वसनीय ढङ्गले परिचालन नहुने, सरकारी गैरसरकारी तथा निजी क्षेत्रलाई सहकार्य र समन्वयका साथ अगाडि नबढाउने साथै सिमित ब्यक्ति, सिमित ब्यापारी र ठेकेदारहरुलाई प्रयोग गरेर यति ठूलो महामारीबाट पार पाउने महत्वकांक्षा राख्ने गर्यो । यसले हाम्रो राज्य वा सरकार केको लागी र कसका लागी भन्ने प्रश्न खडा गरेको छ ।

    हाम्रो मुलुकका करिब ५० लाख युवा जनशक्ति रोजगारी र अध्ययनको सिलसिलामा भारत, खाडि राष्ट्र लगाएत अन्य विदेशी भूमिमा रहेका छन् । हाम्रो देशको अर्थतन्त्रको धेरै हिस्सा उनिहरुले पठाएको रेमिटेन्सबाट धानिएको छ । तर राज्यका निकायसँग विदेशमा गएका आफ्ना नागरिकहरुको यथार्थ विवरण छैन र उनीहरुको अवस्थाको बारे जानकारी लिने काम गरेको देखिँदैन । विदेशमा रहेका दूतावासहरुले समेत सम्बन्धित देशमा रहेका नेपालीबारे यथार्थ तस्विर दिन सक्दैनन् । सरकारका मान्छेको निहित स्वार्थ पुरा गर्नको लागी आफ्नो नजिकका मान्छेहरुलाई योग्यता र कार्यदक्षता बिपरित राजदूतमा नियुक्ति गर्ने परिपाटीले गर्दा उनीहरुले आफ्ना नागरिकहरु प्रति जवाफदेही र जिम्मेवार बन्न सकिरहेका छैनन् ।

    नेपालमा रहेका कैयौं आफ्ना नागरीकहरुलाई अमेरिका, अष्ट्रेलिया चीन लगाएतका मुलुकहरुले बिमान चार्टर गरि लगेका छन् । भुटानले आफ्ना दुईजना नागरिकको लागी पचास सिटको जहाजनै पठाएर लग्यो । तर हाम्रो देशको सरकारले भारतीय सीमामा अलपत्र नेपालीलाई घर आउनबाट बन्चित गर्यो । हप्तौं दिनसम्म भोकै प्यासै बस्दा समेत सरकारले दुःख देखेन । महाकाली नदीमा जोखिम मोलेर आफ्नो देशको माटो छुन आएका निर्बस्त्र नेपाली नागरिकहरुलाई हत्कडी लगाउन प्रहरी तैनाथ गरियो । अलपत्र नेपालीलाई उद्धारको कार्य भएन । बरु भारततिरै धपाउने काम भयो । बिभिन्न उधोग तथा कम्पनीहरु समेत बन्द भएका र मालीकले घर तिर जान भनेपछि आफ्नो घर र परिवारसँग बस्ने उद्धेश्यका साथ आएका हजारांै नेपालीहरु अहिले पनि सिमानाहरुका गर्मिको धुपसँग लडिरहेका छन् । कोरोना भन्दा ठूलो पीडा सहेर बसेका छन् । यस्तो अवस्थामा आफ्ना नागरिक नचिन्ने अमानवीय हर्कतले सरकारको असली चरित्र उदाङ्गिएको छ ।

    देशका कैयौं परियोजनाहरु र विकासका कार्यमा काम गर्ने र शहरमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरु सबै काम रोकिएपछि दैनिक जीवन धान्न मुस्किल भएर आफ्नो घर जान खोज्दा त्यसको बन्दोबस्त गराइएन । बाध्यताको कारणले हप्तौ पैदल हिँडेर भोकै प्यासै घर गए । त्यसको बारेमा चिन्ता गरिएन । अहिले बल्ल कतिपय मन्त्री र सांसदको पहुँच पुग्नेहरुलाई घर पठाउने गरिएको छ । भारतका कैयौं शहरहरुमा अहिलेपनि लाखौं नेपालीहरु रहेका छन् । बिसौ हजारको संख्यामा भारतीयहरु संक्रमित भएका समाचारहरु आइरहेका छन् । त्यहाँ भएका नेपालीहरुको अवस्थाको बारेमा कुनै समाचार आइरहेको छैन । खाडी राष्ट्रहरुमा पनि कैयौं नेपालीहरु कोरोना संक्रमित भएको र केही संख्यामा मृत्यु भएका समाचार आइरहेका छन् । बेलायत र अमेरिकामा मात्र २० जना भन्दा बढी नेपालीको मृत्यु भएको जनाइएको छ । यसरी हेर्दा संसारभर रहेका नेपालीको अवस्थाबारे आधिकारीक स्थिती कस्तो छ ? कहाँ कहाँ कति नेपाली संक्रमित भए वा स्वास्थ्य स्थिती के कस्तो छ ? उनीहरुलाई कसरी उपचारको ब्यबस्था गर्ने ? देशभित्र आउन चाहेकालाई कसरी सुरक्षित ल्याउन सकिन्छ ? भन्ने कुरा राज्यले सोच्नुपर्दछ । त्यसको लागी प्रभाबकारी संयन्त्र बनाएर अध्ययन गर्ने र समस्यामा परेकालाई तत्काल उद्धार र राहतको ब्यवस्था गर्नुपर्दछ ।

    अष्ट्रेलियाका प्रधानमन्त्री स्टक मरिसनले अष्ट्रेलिया पुगेको एक वर्ष नबिताएका विद्यार्थी र तिनका आश्रीतहरुलाई आफ्नो देश फर्कन आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना नागरिकहरुलाई फिर्ता नलग्ने देश बिरुद्ध नाकाबन्दी लगाउने घोषणा गरेका छन् । यहि अप्रील २१ मा उनले २ महिनाको लागी भनेर भिसा प्रक्रिया र डिभी बन्द गरेका छन् । उनले आप्रवासीहरु बिरुद्ध अनुदारको नीति पहिलेदेखी लिएका थिए । कतार, मलेसिया, दुबई जस्ता देशहरुले पनि विदेशी नागरिकहरुलाई उदार भएर हेरेको पाइदैन । नेपाल लगाएतका विकासोन्मुख देशबाट युरोप अमेरिका जस्ता देशमा गएर काम गर्नै आप्रवासीहरु आइएलओको परिभाषा अनुसार अनौपचारिक कामदार हुन्छन् र उनीहरुको रोजगारदातासँग लिखित नियुक्तिपत्र वा औपचारिक करारनामा हुँदैन । त्यसैले कतिपय देशहरुले घोषणा गरेका राहत र उद्धारका प्याकेजमा सहुलियत प्राप्त गर्न उनिहरुलाई कठिनाई हुन्छ । अहिले कैयौं विदेशमा रहेका नेपालीहरु सहाराबिहीन भएका छन् । यस्तो अवस्थामा आफ्ना नागरिकहरुलाइ कूटनैतिक नियोगहरु परिचालन गरेर तत्काल उद्धार गरिनु आवश्यक छ । सजिलो समयमा विदेशमा रहेका नेपालीहरुको रगत र पसिनाबाट प्राप्त रेमिटेन्समा मस्ति गर्ने तर अफ्ठ्यारोको बेला वास्ता नगर्ने कार्य घोर अमानवीय कार्य हो ।

    देशमा कैयौं सम्भावनाहरुको अध्ययन विकास गीरि रोजगारीका क्षेत्र पहिचान गर्ने र अवसर श्रृजना गरी युवाहरुलाई देशमै बस्ने वाताबरण बनाउनु पर्दछ । शासकहरुको सधैँभरिको सत्ता राजनीतिको लुछाचुडी र भ्रष्ट चरित्रको कारण नेपालमा सम्भावना नदेखी लाखौं नेपाली युवाहरु विदेशी पुँजीबादी र साम्राज्यबादी देशहरुको सेवा गर्ने र रक्षा गर्ने खेताला बनाइएको छ । विदशमा रगत र पसिना बगाएर नेपालको अर्थतन्त्र धान्दा वाह! भनियो । तर यस्तो प्रकारको बिपत्ति आउँदा उनीहरुलाई देशभित्रै ब्यवस्थापन गर्ने कुरा सोचिएन भने पूनः इतिहासले धिक्कार्ने छ । अहिले पनि नेपालमा कतिपय पूराना नयाँ विश्वविद्यालयहरु छन्, मेडिकल कलेज र अनुसन्धान केन्द्रहरु पनि छन् । तर उनीहरुले देशको लागी अध्ययन अनुसन्धानमा लाग्ने र नागरिक प्रतिको दायीत्व पुरा गर्ने भन्दा पनि निजी स्वार्थ र विदेशी डलर एजेन्सीहरुको इन्ट्रेस्ट पुरा गर्ने प्रकारले काम गरेको पाइन्छ । उनीहरुले विदेशीहरुकै डिजाइनमा रहेर कैयौं अनुत्पादक जनशक्ति निर्माण गर्ने र रोजगारबिहीन बनाएर अलपत्र पार्ने काम गरिरहेका छन् ।

    नेपालको कृषि प्रणाली, उधोगधन्दा र रोजगारीका सम्भावनाहरुलाइ सखाप पार्न विदेशी दातृ निकायहरुले कैयौं एनजिओ आइएनजिओ मार्फत युवाहरुलाई गलत सन्देश दिँदै आएका छन् । सरकारी निकायले समेत त्यस्तै संस्थाहरुलाइ प्रोत्साहित गर्ने गरिरहेका छन् । यदि राज्य संयन्त्र लागेर युवाहरुलाई देशमा अवसर दिने प्रकारका कार्यक्रम ल्याउनेहो भने कुनै युवाहरु घर छोडेर विदेशी भूमिमा दुःख पाउन कदापी जाँदैनन् । अहिले पूर्ण बहुमतको सरकार छ । सरकारले चाहेमा उत्तिबेलै जस्तो निर्णय पनि गर्न सक्छ । यस्तो महामारीको बेला यो पनि एउटा अवसर हो । तर सरकार अन्य काममा ध्यान दिँदै आएको देखिन्छ । जस्तो कि सरकारले भर्खरै एकैदिनमा निर्णय गरेर बेमौसमी संबैधानिक परिषद र दल परिवर्तन सम्बन्धी अध्यादेश जारी गर्यो । यसरी हेर्दा सरकार खास योजनामा चिन्तित भएको देखिँदैन । यसले आफ्नो विश्वास गुमाउँदै गएको छ । यसले गर्दा भबिष्यमा झन् अस्थिरता र अराजकताको स्थिती श्रृजना हुन सक्छ ।

    कोरोनाको महामारी सकिएपछि संसारको स्वरुप, सम्बन्ध र रोजगारीका प्रणालीहरु पनि परिबर्तित होलान् । त्यस्तो अवस्थामा अहिले नेपाल आइसकेका र पछि नेपाल आउने युवाहरु साथै देशभित्रै रहिआएका युवाहरुको भविष्यसँग राज्यको भबिष्य र समृद्धि जोडिएको छ । युवाहरुले आफ्नो माटोमा श्रम गरेर खान थालेपछि युरोप, अमेरिका, अरब वा ठूला हाकिम कर्मचारीको सपना पनि देख्दैनन् र राज्य प्रणालीको सुदृढिकरणमा टेवा पुग्छ । राष्ट्रिय अर्थतन्त्रको विकास हुन्छ । ठूलाठूला महामारी र बिपत्तिहरुको समयमा आत्मनिर्भर भई चुनौतिको सामना गर्न सकिन्छ । त्यसले राज्यले आफ्ना नागरिक चिनोस्, आफ्नो ब्यबहार परिवर्तन गरोस् र आफ्ना नागरिकहरुको उचित संरक्षण ब्यवस्थापन गरोस् ।।।

    बिहिबार, बैशाख ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.