• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

सरकारले ल्याएका अध्यादेश फेरि अस्थिरता निम्त्याउने षडयन्त्रः केसी


  •   बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लामो समयपछि देशले राजनीतिक स्थायित्व पाएपनि सरकारले फेरि अस्थिरता निम्त्याउन खोजेको आरोप लगाउनुभएको छ । दल विभाजन सहज बनाउने अध्यादेश ल्याएर सरकारले षडयन्त्र गरेको अध्यक्ष केसीले बताउनुभएको हो ।

    Advertisement

    बुधबार वक्तव्य प्रकाशित गरी अध्यक्ष केसीले दल विभाजन सम्बन्धी अध्यादेशले अस्थिरता निम्त्याउने र संवैधानिक परिषद सम्बन्धी अध्यादेशले स्वेच्छाचारी प्रवृतिलाई बढावा दिने भन्दै दुवै अध्यादेश तत्काल फिर्ता लिन माग गर्नुभएको छ ।

    यस्तै, लकडाउनका कारण विभिन्न ठाउँमा अलपत्र परेका मजदुरहरुको उद्दार नगरेको भन्दै केसीले सरकारको कडा आलोचना पनि गर्नुभएको छ ।

    यस्तो छ, वक्तव्यः १ ‘हालै जारी गरिएका दल सम्बन्धी र संवैधानिक परिषद् सम्बन्धी अध्यादेशहरु गलत छन् । तिनको राष्ट्रिय जनमोर्चाले विरोध गर्दछ । तिनलाई खारेज गर्न माग गर्दछ । कोरोना भाइरसले उत्पन्न संकटमा सरकारले साना समस्याहरुबारे सही प्रकारले काम नगरेकोप्रति पनि विरोध गर्दछ ।

    २. राजनीतिक दलको केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सदस्य संख्या पुगेपछि मात्र दल विभाजनलाई वैधानिकता दिने प्रणाली अभ्यास गर्दै आएका थियौं । त्यही प्रणाली नै उपयुक्त र प्रजातान्त्रिक प्रणाली हो । केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य संख्या पुगे दल विभाजनलाई वैधानिकता दिने प्रणालीले दलहरुमा विभाजनको लागि प्रोत्साहन गर्छ । लामो समयसम्म अस्थिर राजनीतिक स्थितिबाट गुज्रिरहेको स्थितिमा सरकारको यो कदमले झन प्रतिकूल स्थिति सृजना गर्न सक्दछ ।

    हतारमा र संसदलाई वाइपास गरेर अझ यो कोरोनाको संकटको घडीमा त्यसप्रकारका अध्यादेशहरु ल्याउदा षड्यन्त्रको आभाष भएको छ । यसले स्वयं सत्तारुढ दल नेकपामा गम्भीर बेमेल भएको बुझिन्छ । अन्य दललाई लक्षित गरेर ल्याएको भए पनि त्यो षड्यन्त्रकारी कार्य हो । यसप्रकारको कार्य र कार्यशैलीले राजनीतिक दल, संसदीय प्रणाली र प्रजातान्त्रिक प्रणालीलाई फाइदा गर्दैन । यसले प्रतिगमनको खतरा पनि निम्त्याउन सक्छ ।

    ३. संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले संविधान परिषद्का दुईजना सदस्यहरुलाई सबै महत्वपूर्ण विषयहरुमा निर्णय गर्ने अधिकार प्रदान गरेको छ । यस्तो अध्यादेशले सरकारको एकाधिकारवादी प्रवृत्तिलाई बताउँछ । यो अध्यादेश पनि अप्रजातान्त्रिक छ र गलत छ ।

    ४. अहिले सम्पूर्ण विश्वमा कोरोना भाइरसले संकटको स्थिति छ । नेपाल पनि त्यसको मारमा परेको छ । यतिबेला सरकार सबै राजनीतिक दल, संघ, संस्था र समुदायहरु एकजुट भएर कार्य गर्ने बेला हो । यस्तो बेलामा ओली सरकारले चालेको उक्त कदमले स्वयं उनको दल र देशले समेत ठूलो मूल्य चुकाउन पर्ने छ । साथै प्रतिगामी शक्तिलाई अगाडि आउन अवसर प्रदान गर्ने छ । अतः दुवै अध्यादेशहरु तुरुन्त फिर्ता गर्न माग गर्दछौं ।

    ५. नेपालमा कोरोना संक्रमणका बिरामी बढ्दै गएका छन् । विशेषगरी भारतबाट त्यसप्रकारका संक्रमित व्यक्तिहरुको प्रवेशले नेपालमा संक्रमितको संख्या बढेको छ । नेपाल–भारत सीमाबाट आवत–जावत बन्द गरिएको छ । तर सरकारले त्यसलाई कडाईपूर्वक लागु नगर्नाले संक्रमितको संख्या बढेको छ । सीमामा लकडाउनलाई प्रभावकारी नबनाए सारा देशभर संक्रमित बढ्ने गम्भीर खतरा छ । अर्को कुरा सीमामा कैयन नेपाली रोकिएर दुःख पाएका छन् ।

    तिनलाई देशभित्र ल्याई क्वारेन्टाइनमा राखी संक्रमित भए नभएको एकिन गरी घर पु¥याउने व्यवस्था गर्न पर्दछ । देशभित्र पनि विशेषगरी असंगठित क्षेत्रका मजदुरहरुलाई गास–बासको समस्या छ भने कतिपय लकडाउनका कारणले विभिन्न ठाउँमा अड्किएर बसेका छन् वा पैदल गन्तव्यमा हिंडेका छन् । उनीहरुलाई पनि संक्रमणबाट सुरक्षित गर्दै गन्तव्यमा पुराउन हाम्रो पार्टीले जोड दिंदै आएको छ ।

    तर सरकारका मन्त्री, सांसद र राजनीतिक वा प्रशासनिक पहुँच पुगेकाहरुले मानिसहरु पठाएका छन् । यसप्रकारको कार्य गर्नभन्दा सरकारले नै उनीहरुलाई गन्तव्यमा पठाउन राम्रो हुन्छ र पठाउनु पर्छ ।’

    बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.