• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सहकारीको बेथिति रोक्न कास्कीका छ दलले बुझाए गण्डकीका मुख्यमन्त्रीलाई ज्ञापन


  •   बुधबार, जेठ २३, २०८१ मा प्रकाशित
  • गणेश अधिकारी, पोखरा ।

    Advertisement

    कास्कीका छ राजनीतक दलहरूले सहकारीको बेथितिलाई अन्त्य गर्न गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

    २०८१ जेठ २३ गते बुधबार मुख्यमन्त्री कार्यालय पुगी यस सम्बन्धमा पाँच बुँदे माग प्रस्तुत गरेका हुन् ।

    ज्ञापनपत्रमा समस्याग्रस्त सहकारी बचतपीडितको वचतको फिर्ता गर्नुपर्ने, सहकारी रकम अपचलन गर्नेमाथि छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने, आन्दोलनरत वचतपीडितको जिउधनको रक्षा गर्नुपर्ने, पीडितलाई धम्क्याउने विरुद्ध कानुनी कारबाही गरिनुपर्ने, सहकारी सञ्चालकको सम्पत्ति बेचेर पाँच लाखसम्मको वचत फिर्ता गर्ने सङ्घीय सरकारको घोषणा व्यवहारमा लागु गर्नुपर्ने र सहकारी सञ्चालन तथा सहकारी कसुर सजाय ऐन जारी गर्नुपर्ने माग राखिएको छ ।

    यी माग पूरा नभएमा चरणबन्द आन्दोलन घोषणा गर्न बाध्य हुने चेतावनी ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

    ज्ञापनपत्रमा नेकपा (मसाल) कास्कीका प्रवक्ता चन्द्रबहादुर केसी, क्रान्तिकारी कम्युनिनस्ट पार्टी नेपाल कास्कीका इन्चार्ज केशबहादुर परियार, नेपाल कम्युनिस्ट पार्टी कास्कीका सचिव उमेश सी, नेपाल समाजवादी पार्टी कास्कीका इन्चार्ज टीकाराम पौडेल, राष्ट्रिय जनमोर्चा कास्कीका सन्तोष पौडेल र वैज्ञानिक समाजवादी पार्टी कास्कीका प्रतिनिधि बुद्धि पुर्जाको हस्ताक्षर रहेको छ ।

    यस्तो छ, ज्ञापनपत्रको पूर्ण पाठ :

    “कास्की जिल्लामा सञ्चालित समस्याग्रस्त सहकारीका कारण हजारौँ बचतकर्ता, ऋणीहरू पीडित हुन पुगेका छन् । नियमपूर्वक सहकारी सिद्धान्त र भावनाअनुसार सञ्चालित सहकारी पनि अप्ठ्यारोमा परेका छन् । हजारौँ वचतकर्ताको अर्बौं रकम सङ्कटमा परेको छ भने देशमा वित्तीय अराजकता सिर्जना भई समग्र अर्थव्यवस्था नै धरापमा पर्न सक्ने स्थिति सिर्जना भएको छ । राज्यको नीतिगत कमजोरी, फितलो अनुगमन र नियन्त्रण, उदासिन व्यवहारका कारण पीडितहरू भोकभोकै मर्नुपर्ने, उपचारबाट विमुख हुनुपर्ने, देश छाड्नुपर्ने र आत्महत्या गर्नुपर्ने भयावह अवस्था उत्पन्न भएको छ ।

    संविधानमा उल्लेख भएको समाजवादउन्मुख व्यवस्थाको तीनखम्बे अर्थनीतिको एक महत्त्वपूर्ण खम्बा मानिएको सहकारी क्षेत्र नै तहसनहस भएको छ तर सरकारले यी अत्यन्त संवेदनशील र दूरगामी असर हुने समस्या सामाधान गर्न कुनै सार्थक पहल गरेको छैन । यस्तो गम्भीर विषय सत्ता समीकरणको गोटीको रूपमा प्रयोग हुन पुगेको छ ।

    आफ्ना जायज माग राखी आन्दोलित पीडितप्रति गैरजिम्मेवार भई राज्यका उच्च निकाय र शान्तिसुरक्षाको जिम्मेवारी पाएका गृहमन्त्रीबाट पीडितप्रति गम्भीर हुनुको सट्टा उल्टै पीडकको पक्षपोषण गर्नुले पीडितको चोटमा चोट थपेको छ । सहकारी ठगहरू पक्राउ गरी कानुनी दायित्वमा ल्याउनुपर्नेमा कतिपय ठुला भनिने राजनीतिक पार्टी र नेतृत्व नै बचाउमा लागेका छन् । करोडौँ रकम अपचलन गरेका अभियुक्तहरू केही हजार धरौटीमा छुटी उल्टै पीडितलाई होच्याउने, धम्क्याउने गर्नाले देशमा न्याय मरेको अनुभूति भएको छ । यस्तो परिस्थितिमा कास्की जिल्लामा क्रियाशील जनपक्षीय राजनीतिक दलहरूको गम्भीर ध्यानाकर्षण भएको छ ।

    हामी पीडितहरूलाई न्याय दिन, सहकारी कसुरधारीलाई कानुनी कारबाही गरी विधिको शासन स्थापना गर्न पीडितको पक्षमा आवाज उठाउन अब विलम्ब गर्नहुँदैन भन्ने निस्कर्षमा पुगेका छौँ । हामी पीडितका निम्न माग अविलम्ब पूरा गर्न ध्यानाकर्षण गर्दछौँ । यदि पीडितका निम्न माग पूरा नभएमा हामी चरणबद्ध दबाबमुलक आन्दोलन गर्न बाध्य हुने चेतावनी दिन चाहन्छौँ ।

    हाम्रा मागहरू

    १) समस्याग्रस्त सहकारी वचतपीडितको वचत सुरक्षा गर ! वचतकर्ताको वचत फिर्ता गर !

    २) सहकारी रकम अपचलन गर्नेहरूको छानबिन गरी कानुनी कारबाही गर !

    ३) आन्दोलनरत बचतपीडितको जिउधनको रक्षा गर ! पीडितलाई धम्क्याउनेलाई कानुनी कारबाही गर !

    ४) सहकारी सञ्चालकको सम्पत्ति बेचेर ५ लाखसम्मको वचत फिर्ता गर्ने सङ्घीय सरकारको घोषणा व्यवहारमा लागु गर !

    ५) सहकारी सञ्चालन तथा सहकारी कसुर सजाय ऐन जारी गर ! अपूर्ण र अस्पष्ट कानुन अन्य गर !”

    बुधबार, जेठ २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.