काठमाडौँ । हाल मुलुकमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको विहार आसपासको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कोशी र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसमसफा रहने छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टामा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै विभागले कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
काठमाडौँ उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढेको छ । गत मङ्गलबार २८ दशमलव पाँच डिग्री सेल्सियस तापक्रम मापन भएकामा बुधबार त्यो बढेर ३३ दशमलव तीन डिग्री सेल्सियस पुगेको थियो । आज यहाँको तापक्रम ३१देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।
देशभर तापक्रम बढ्दो छ। जसका कारण गर्मीले तराईमा मात्र होइन, कतिपय पहाडी क्षेत्रमा समेत जनजीवन कष्टकर भइरहेको छ।
आज पनि तापक्रम बढ्ने अवस्थामै देखिएको अनुमान मौसमविद्ले गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाले आज कैलालीको धनगढीमा अधिकतम तापक्रम ४२ देखि ४४ डिग्री सेल्सियससम्म पुग्ने आकलन गरेको छ।
यसैगरी बाँकेको नेपालगन्जमा पनि आज अधिकतम तापक्रम ४१ देखि ४३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको महाशाखाले जनाएको छ ।
हेर्नुहोस् कहाँको तापक्रम कति ?
दिपायल (डोटी): अधिकतम ३९.२, न्यूनतम २१.६
डडेल्धुरा: अधिकतम ३१.४, न्यूनतम १६.२
धनगढी (कैलाली): अधिकतम ४३.३, न्यूनतम २८.४
वीरेन्द्रनगर (सुर्खेत): अधिकतम ३९.७, न्यूनतम २३.७
नेपालगन्ज (बाँके): अधिकतम ४२.८, न्यूनतम २८.५
जुम्ला: अधिकतम २९.४, न्यूनतम १२.२
घोराही (दाङ): अधिकतम ३९.५, न्यूनतम २५.४
पोखरा (कास्की): अधिकतम ३३.४, न्यूनतम २१.०
भैरहवा (रुपन्देही): अधिकतम ३९.७, न्यूनतम २८.०
सिमरा (बारा): अधिकतम ३९.७, न्यूनतम २७.५
काठमाडौँ: अधिकतम ३३.२, न्यूनतम १९.१
ओखलढुंगा: अधिकतम २९.२, न्यूनतम १८.३
ताप्लेजुङ: अधिकतम २८.८, न्यूनतम १८.८
धनकुटा: अधिकतम ३२.७, न्यूनतम २१.४
विराटनगर (मोरङ): अधिकतम ३६.६, न्यूनतम २८.८
जनकपुर (धनुषा): अधिकतम ३९.८, न्यूनतम २९.०
मुस्ताङ (जोमसोम): अधिकतम २४.०, न्यूनतम १२.०
सुनसरी (धरान): अधिकतम ३६.०, न्यूनतम २८.०
कास्की (लुम्ले): अधिकतम २७.०, न्यूनतम १७.३
दोलखा (जिरी): अधिकतम २६.३, न्यूनतम १०.४
स्रोत : मौसम पूर्वानुमान महाशाखा