बागलुङबजार । बागलुङको निसीखोलामा अखिल (छैठौं) को पालिका भेला सम्पन्न भएको छ ।
केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवरको प्रमुख आतिथ्यमा २०८१ जेठ १६ गते बुधबार ऊक्त भेला सम्पन्न भएको हो ।
भेलामा राष्ट्रिय जनमोर्चा निसीखोला पालिका समितिका अध्यक्ष थमन घर्तीमगर, वडा नं. ३ का अध्यक्ष लोकबहादुर शाही, अखिल नेपाल युवक सङ्घका जिल्ला सहसचिव भीष्म छन्त्यालको पनि उपस्थिति रहेको थियो ।
भेलाले विशाल रेग्मी अध्यक्ष रहनुभएको अखिल (छैठौं) को २५ सदस्यीय पालिका समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा किरण छन्त्याल, सचिवमा विपसा मल्ल तथा सदस्यहरूमा सुशील रेग्मी, चेतना रेग्मी, पूजा चन्द, रेश्मा घर्ती, आषिका आचार्य, मनिसा गौतम, सौजन्य चन्द, प्रेमिसा शाही, सोनिया चन्द, सुशीला विक, प्रमिला पुनमगर, दीपिका पौडेल, दीपशिखा चन्द, प्रतीक्षा परियार, करुणा शर्मा, एन्जिला विक, भरोसा मल्ल, टोपराज रेग्मी, सुदीप विक र सङ्कल्प शाही रहनुभएको छ ।