काठमाडौं । नेपाल गल्फ संघले पूर्व नम्बर १ एमेच्योर गल्फर सुवाश तामाङलाई सम्मान गरेको छ ।
आफ्नो वार्षिक साधारण सभाको अवसर पारेर संघले एक लाख रुपैयाँ रकमसहित सम्मान गरेको हो ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सुवाशलाई सम्मान पत्र र नगद एक लाख सहित सम्मान गरे ।
गल्फ संघले ७५ हजार र संघका उपाध्यक्ष फुर्साङ लामाले २५ हजार गरी सुवाशलाई एक लाख प्रदान गरिएको हो।
उनले १३औं दक्षिण एसियाली खेलकुद सागमा ऐतिहासिक दोहोरो स्वर्ण पदक जितेका थिए। यस्तै, उनले बगंलादेश ओपनमा सदभाव आचार्यसँग टिमतर्फ स्वर्ण र व्यक्तिगत स्पर्धामा रजत पदक जितेका थिए।
सुवाशले १२२औं संस्करणको अल इन्डिया एमेच्योर ओपनको उपाधि जिते। भारतमा प्रतिष्ठित उपाधि जित्ने पहिलो नेपाली गल्फर समेत हुन्।
यसैगरी संघले वरिष्ठ पत्रकार श्याम चित्रकारलाई गल्फ खेलको विकासमा पुर्याएको योगदानको कदर गर्दै नगद २५ हजार सहित सम्मान गरेको छ ।