बागलुङबजार । बागलुङको निसीखोलामा अखिल नेपाल महिला सङ्घको प्रशिक्षण भेला सम्पन्न भएको छ ।
महिला सङ्घको पालिका सम्पर्क कार्यालय स्थापना गर्दै २०८१ जेठ १२ गते शनिबारका दिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।
भेलाले प्रभाव आचार्य अध्यक्ष रहनुभएको नौ सदस्यीय महिला सङ्घको पालिका समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा उपाध्यक्ष पुनिकला बुढा, सचिवमा जिन्दा चन्द र कोषाध्यक्ष कुशुम शाही रहनुभएको छ ।

समितिको सदस्यहरूमा सुशीला कार्की, धनकुमारी शाही, भगवती मल्ल, सङ्गिता विक र कृष्णा छन्त्याल रहनुभएको छ ।
त्यस्तै समितिको सल्लाहकारमा विष्णु शाही, गौचन क्षेत्री र रीना चन्द रहनुभएको छ ।
भेलामा सङ्गठनको उद्देश्य, आवश्यकता, महत्त्व, महिलाको अवस्था र कानुनी अधिकार तथा पार्टीको गतिविधिको बारेमा महिला सङ्घकी जिल्ला अध्यक्ष लक्ष्मी बासकोटालगायतले प्रशिक्षण गदिनुभएको थियो ।
भेलालाई राजमो जिल्ला उपाध्यक्ष एवम् खिमविक्रम शाही, निसीखोला गाउँपालिका अध्यक्ष थमन घर्ती, महिला सङ्घ ढोरपाटन नगर समितिकी अध्यक्ष धनकुमारी कुँवरलगायतले शुभकामना दिनुभएको थियो ।
भेलाको अध्यक्षता पुनीकला बुढाले, स्वागत प्रभा आचार्यले र सञ्चालन बिन्दु हमालले गर्नुभएको थियो ।
