इलाम । पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको छ ।
Advertisement
मृत्यु हुनेमा माई–८का ११ वर्षीय मिङसुहाङ लिम्बू र सोही स्थानका आठ वर्षीय किस्मन आङदाम्बेको रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिए ।
लिम्बूलाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।
अन्य तीन जनाको उद्धार गरिएको छ ।
बिहीबार भएको सो घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।