प्युठान । राष्ट्रिय जनमोर्चा, प्युठानले ज्ञानकुमारी बुढाथोकीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा प्यूठान जिल्ला अध्यक्ष केशव बुढाथोकीकी आमा ज्ञानकुमारीको मृत्यु भएको एघारौं दिनमा उहाँकै घरमा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो ।
राष्ट्रिय जनमोर्चा माल्लारानी गाउँपालिका वडा नं १ को आयोजना गरिएको उक्त कार्यक्रममा राजमो केन्द्रीय सदस्य तथा मल्लरानी गाउँपालिकका अध्यक्ष कृष्ण बहादुर खड्काले ज्ञानकुमारीको मृत्युले पार्टीलाई ठूलो क्षति पुगेको बताउनु भयो ।

पार्टी र समाज परिवर्तनमा उहाँले गरेको योगदानको उच्च मूल्यांकन गर्दै उहाँले लिएको विचारलाई पूरा गर्न परिवार र पार्टी लाग्नु पर्नेमा खड्काले जोड दिनुभयो ।
कार्यक्रममा राजमो लुम्बिनी प्रदेशका सल्लाहकार सुरेश थापाले मान्छेको जन्म र मृत्यु स्वभाविक प्रक्रिया भएपनि उहाँको मृत्युले पार्टीलाई ठूलो क्षती पुगेको बताउनुभयो ।
कार्यक्रममा अखिल नेपाल युवक संघका प्युठान जिल्ला अध्यक्ष कमल पौडेल, अखिल नेपाल शिक्षक संघ केन्द्रीय महासचिव चक्रपाणि पौडेल, राजमो जिल्ला सदस्य सूर्य बहादुर सार्की, समता समाजका जिल्ला सदस्य गिरबहादुर विक, रुमान नेपाली लगायत नेता कार्यर्ता, आफन्त र छरछिमेकीको उपस्थिती रहेको थियो ।
कार्यक्रमको अध्यक्षता मृतकका जेठा छोरा सोव बुढाथोकी र सञ्चालन कमल पौडेलले गर्नु भएको थियो ।